कोरोना भाइरसको उद्गम थलो चीनको हुबेईमा दुई महिनायता जारी ‘लकडाउन’ हटाउने तयारी « Khabarhub

कोरोना भाइरसको उद्गम थलो चीनको हुबेईमा दुई महिनायता जारी ‘लकडाउन’ हटाउने तयारी


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- कोरोना भाइरसको उद्गम थलो चीनको हुबेई प्रान्तमा विगत दुई महिनायता जारी ‘लकडाउन’ खुला हुने भएको छ । 

समाचार संस्था एपीले जनाएअनुसार राजधानी वुहान शहरबाहेक हुबेई प्रान्तका अधिकांश क्षेत्रमा लगाइएको लकडाउन खुला गर्न लागिएको हो ।

चिनियाँ अधिकारीका अनुसार मंगलबार मध्यरातबाट प्रान्तका अधिकांश भेगमा लकडाउन खुला गरिनेछ । वुहान शहरमा भने आगामी अप्रिल ८ का दिनबाट लकडाउन खुला गरिने जनाइएको छ ।

चीनले गत जनवरी २३ का दिन रातारात निर्णय गर्दै मानिसहरुलाई वुहान शहर प्रवेश गर्न र त्यहाँबाट बाहिर निस्किन प्रतिबन्ध लगाउने कठोर निर्णय गरेको थियो । त्यसको केही दिनलगत्तै पूरै प्रान्तभरी नै यस्तो व्यवस्था लागू गरिएको थियो ।

कोरोना भाइरसको प्रकोप रोकथाम र नियन्त्रणका लागि चीनले रेलसेवा र हवाई उडान पनि बन्द गरेको थियो ।

पछिल्लो समय चीनले वुहान प्रान्तमा कोरोना भाइरसलाई विस्तारै नियन्त्रणमा लिइँदै आएको दाबी गर्दै आएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गर्ने तथ्यांक अनुसार पछिल्लो एक सातायता हुबेई प्रान्तमा कोरोना भाइरसका नयाँ बिरामीहरु देखिन छाडेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ३ : २५ बजे

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दैछ ।

हुलाकमार्फत घरघरमै राहदानी

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय

सबै प्रकारका विभेदको अन्त्य जरुरी : राष्ट्रपति पौडेल 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय

एसिसी महिला प्रिमियर कप: दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला टिम

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा आज नेपालले