कोरोना संक्रमित युवतीसँगै जहाजमा आएकाले गाउँमा चकलेट बाँडेपछि सर्लाहीमा १०० घर सिल « Khabarhub

कोरोना संक्रमित युवतीसँगै जहाजमा आएकाले गाउँमा चकलेट बाँडेपछि सर्लाहीमा १०० घर सिल


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लालबन्दी– कोरोनाभाइरस संक्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानबाट नेपाल आएकामध्ये चार जना नेपाली सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ रानीगंजका रहेको पहिचान भएको छ ।

कतारबाट छोरालाई भेटेर आएका उनीहरुले गाँउघरमा चक्लेट बाँढेपछि वरिपरीका करिव १ सय घर सिल गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए।

कतारमा रहेका छोरालाई भेट्न एक महिना अघि सर्लाहीबाट बाबुआमा, बुहारी र छोरा गएका थिए । नेपाल आएसँगै उनीहरुले गाउँलेलाई चकलेट बाँडेका थिए ।

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा सोमबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई ‘क्वारेन्टाइन’ राखिएको छ ।

उनीहरु त्यही विमानबाट काठमाडौं हुँदै ७ दिन अघि सर्लाही आइपुगेका थिए । उनीहरुसँगै आएकी यूवतीलाई कोरोना संक्रमण देखिएपनि हालसम्म ४ जनाकै स्वास्थ्य परिक्षण गर्दा सामान्य देखिएको छ ।

विमानमा आएकाहरुको पहिचानगरी चारै जनालाई घरकै ‘क्वारेन्टाइन’मा राखिएको र गाउँ नै सिल गर्नुपरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : ०२ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले