कोरोना संक्रमित युवतीसँगै जहाजमा आएकाले गाउँमा चकलेट बाँडेपछि सर्लाहीमा १०० घर सिल « Khabarhub

कोरोना संक्रमित युवतीसँगै जहाजमा आएकाले गाउँमा चकलेट बाँडेपछि सर्लाहीमा १०० घर सिल


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लालबन्दी– कोरोनाभाइरस संक्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानबाट नेपाल आएकामध्ये चार जना नेपाली सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ रानीगंजका रहेको पहिचान भएको छ ।

कतारबाट छोरालाई भेटेर आएका उनीहरुले गाँउघरमा चक्लेट बाँढेपछि वरिपरीका करिव १ सय घर सिल गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए।

कतारमा रहेका छोरालाई भेट्न एक महिना अघि सर्लाहीबाट बाबुआमा, बुहारी र छोरा गएका थिए । नेपाल आएसँगै उनीहरुले गाउँलेलाई चकलेट बाँडेका थिए ।

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा सोमबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई ‘क्वारेन्टाइन’ राखिएको छ ।

उनीहरु त्यही विमानबाट काठमाडौं हुँदै ७ दिन अघि सर्लाही आइपुगेका थिए । उनीहरुसँगै आएकी यूवतीलाई कोरोना संक्रमण देखिएपनि हालसम्म ४ जनाकै स्वास्थ्य परिक्षण गर्दा सामान्य देखिएको छ ।

विमानमा आएकाहरुको पहिचानगरी चारै जनालाई घरकै ‘क्वारेन्टाइन’मा राखिएको र गाउँ नै सिल गर्नुपरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : ०२ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक