भैरहवा भन्सार आंशिक सञ्चालन « Khabarhub

भैरहवा भन्सार आंशिक सञ्चालन


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय आंशिक रुपमा सञ्चालन भएको छ ।

बुधबार साँझ ६ बजेसम्म भैरहवा भन्सार कार्यालयबाट ८५ मालवाहक ट्रक भारतबाट नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

एलपी ग्यास बुलेट १५ , पेट्रोलियम पदार्थ बोकेका ट्रक चार, खाद्यान्न तथा कच्चा पदार्थ बोकेका ट्रक २१ र तरकारी, फलफूल बोकेका ट्रक ४५ वटा नेपाल आएको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए ।

लकडाउनभन्दा पहिला भने दैनिक चार सयदेखि ६ सय ट्रक भारतबाट नेपाल आउने गरेका थिए ।

लकडाउन भएपछि नेपाल आउन डराएका भारतीय चालकको सुरक्षा नेपाली पक्षले गर्ने प्रत्याभूत गरेपछि आजदेखि भारतीय ट्रक नेपाल आउन थालेका छन् ।

“भारतमा पनि लकडाउन भएपछि नियमित नेपाल आउने मालवाहक ट्रकहरु सबै नआए पनि खाद्यान्न, ग्यास र पेट्रोलियम पदार्थ बोकेका ट्रकहरु सहज रुपमा नेपाल ल्याउने प्रयास भएको छ”, भैरहवा भन्सार कार्यालयका प्रमुख भट्टराईले भने ।

नेपाल आएका भारतीय ट्रकलाई पनि भारतमा सहजरुपमा पठाउन दुई देशको सहमति भएको छ । सामान बोकेर आज नेपाल आएका ११४ ट्रक खाली गरी भारततिर पठाइएको शसस्त्र प्रहरी बल राजस्व भंसार गुल्म भैरहवाका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमण देखिए पनि मानिसहरु आवतजावतमा रोक लगाइएको नेपाल भारत सीमामा मालवाहक ट्रक भने सहजरुपमा आउन जान पाउने सहमति भएको छ ।

भारतबाट नेपालतर्फ आउने मालवाहक ट्रकहरुमा भने कोरोना सङ्क्रमण रोक्ने कुनै प्रकारको सुरक्षा नअपनाइएको स्थानीयवासीले बताएका छन् ।

न त स्प्रे गरिएको छ न त चालकहरुको उचितरुपमा स्वास्थ्यजाँच गरिएको छ भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । भन्सार कार्यालयले भने चालकहरुको स्वास्थ्य जाँच गर्ने र गाडीको सफाइमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : १८ बजे

जेन-जी आन्दोलनमा जलेको घरमा पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेन-जी आन्दोलनकाक्रममा भदौ २४ गते

‘अङ्ग परिवर्तनपछिको जटिलतालाई सम्बोधन गर्न माग अलग नीति चाहियो’

काठमाडौं– अङ्ग परिवर्तन पछिको सङ्क्रमण र जटिलताहरुलाई सम्बोधन गर्न छुट्टै

ज्येष्ठ नागरिकको नेतालाई खबरदारी- जनताको मतमाथि विश्वासघात नगर्नुस्

काठमाडौं – चुनाव संघारमै आइसक्यो । मतदाता आफ्नो नेता चयन

नवलपरासी पूर्वमा ३ हजार ७४६ हेक्टर क्षेत्रमा तोरी खेती

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन (तोरी) बालीतर्फ आकर्षित भएका

राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

दाङ– बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई