कोरोनासँग जुध्न अमेरिकी इतिहासकै ठूलो आर्थिक सहायता प्याकेज सिनेटबाट पारित « Khabarhub

कोरोनासँग जुध्न अमेरिकी इतिहासकै ठूलो आर्थिक सहायता प्याकेज सिनेटबाट पारित


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– कोरोना भाइरसको महामारीबाट प्रभावित व्यवसाय एवं कामदारलाई सहयोग गर्नका लागि ल्याइएको २ खर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता प्याकेज आमेरिकाको माथिल्लो सदन सिनेटमा सर्वसम्मत पारित भएको छ ।

रिपब्लिकन र डेमोक्र्याट नेताहरुबीच ५ दिनको सघन बहसपछि २ खर्ब अमेरिकी डलरको आर्थिक सहायता प्याकेजमा सहमति जुटेसँगै सिनेटबाट पारित भएको हो ।

सिनेटमा यसको पक्षमा ९६ मत आएको थियो भने विपक्षमा शून्य मत परेको थियो । अब यो प्रस्ताव अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रजेटेन्टिभमा जानेछ । यो प्रस्तावमा यही साता मतदान हुनसक्ने जनाइएको छ ।

पछिल्लो प्रस्तावलाई अमेरिकी कंग्रेसले पास गरेको इतिहासकै सबैभन्दा ठूलो आर्थिक सहायता प्याकेजका रुपमा अमेरिकी सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । यो आर्थिक सहायता प्याकेजले कोरोना भाइरसका बावजुद अमेरिकी अर्थतन्त्रमा आर्थिक गतीशीलता ल्याउने विश्वास लिइएको छ ।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ६८ हजार जनाभन्दा धेरै संक्रमित छन् भने यसबाट १ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ११ : ०३ बजे

जसले छोरी बनाएर पाल्छु भने, उनैले ११ वर्षीया नाबालिगको यौन शोषण गरे

काठमाडौं- पूर्वी पहाडी जिल्ला भोजपुरकी सम्झना राई (नाम परिवर्तन) लाई

पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका

हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ

मकवानपुर– हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई