रियलका अर्का पूर्व अध्यक्ष कोरोना संक्रमणपछि अस्पताल भर्ना « Khabarhub

रियलका अर्का पूर्व अध्यक्ष कोरोना संक्रमणपछि अस्पताल भर्ना


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –रियल मड्रिडका पूर्व अध्यक्ष फर्नान्डो मार्टिन कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् । मार्टिन स्पेनको मड्रिडस्थित प्योर्टा डि हिरेरो अस्पतालमा भर्ना भएको स्पेनिस खेलकुद अनलाइन मार्काले जनाएको छ ।

मार्टिनले २००६ मा रियल मड्रिडको अन्तरिम अध्यक्ष भएर काम गरेका थिए । केही दिन अगाडिमात्रै रियलका अर्का पूर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो ।

मार्टिन २००६ मा फ्लोरेन्टीनो परेजको कार्यकाल सकिएदेखि रामोन काल्डेरन अध्यक्षमा निर्वाचित नभएसम्मका लागि झण्डै २ महिना अध्यक्ष पदमा रहेर काम गरेका थिए ।

कोरोना भाइरस दिन प्रतितदिन महामारीको रुप लिँदै गएको छ । अहिलेसम्म विश्वभर १६ हजारभन्दा बढीमानिसहरुले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ११ : ५७ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया