थाइल्याण्डमा कोरोना भाइरसका १११ नयाँ संक्रमित फेला « Khabarhub

थाइल्याण्डमा कोरोना भाइरसका १११ नयाँ संक्रमित फेला


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड- थाइल्याण्डमा कोरोना भाइरसका १११ नयाँ संक्रमित फेला परेका छन् ।

ट्विटरमार्फत् थाइल्याण्डको सरकारले जारी गरेको सन्देशमा थाइलयाण्डमा १११ जना नयाँ संक्रमित थपिएको जनाइएको छ ।

यससँगै कोरोना भाइरसका कारण थाइल्याण्डमा कोरोना भाइरसका १ हजार ४५ जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ । थाइलयाण्डमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भइसकेको छ ।

मृतकको संख्या १ हजार नाघेसँगै त्यहाँका प्रधानमन्त्रीले मुलुकभर संकटकालको घोषणा गरेका छन् ।

प्रधानमन्त्री प्रयुत चान ओचाले मुलुकभर संकटकाल घोषणा गरेका हुन् । उनले कोरोना भाइरसविरुद्धको लडाईंमा एकताबद्ध हुन समेत आह्वान गरेका छन् ।

उनले आगामी केही साता वा महिनाका लागि ‘सबैभन्दा खराब समयको अपेक्षा गर्न’ थाई जनतालाई आह्वान गरेका छन् ।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नका लागि यस्तो कदम चाल्नुपरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १ : १० बजे

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला

बूढीगण्डकी बाढीपछिको बेहाल (तस्बिर)

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध