गरिब र मजदुरका लागि भारतद्वारा १ लाख ७० हजार करोड भारुको सहायता प्याकेज घोषणा « Khabarhub

गरिब र मजदुरका लागि भारतद्वारा १ लाख ७० हजार करोड भारुको सहायता प्याकेज घोषणा


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय वित्तमन्त्री निर्मला सीतारमणले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिदा सबैभन्दा जोखिममा रहेका गरिब तथा ज्याला मजदुरलाई मध्यनजर गर्दै १ लाख ७० हजार करोड भारतीय रुपैयाँको सहायता प्याकेज सार्वजनिक गरेकी छिन् ।

खासगरी आप्रवासी कामदार र दैनिक ज्याला मजदुरी गरी खानेहरुलाई लक्षित गरी यो प्याकेज ल्याइएको सीतारमणको भनाइ छ ।

प्रकोपको समयमा कोही पनि भोकै नबसुन् भन्नाका लागि यस्तो प्याकेज ल्याइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्याकेजअन्तर्गत प्रधानमन्त्री गरिब अन्न योजना मार्फत् भारतका ८० करोड भन्दा धेरै गरिबहरु समेटिने छन् ।

यसबाट हरेकलाई तीन महिनासम्म ५ किलो थप पिठो वा चामल उपलब्ध गराइने छ भने एक किलो दाल पनि दिइनेछ ।

यसका लागि ४५ हजार करोड भारतीय रुपैयाँ छुट्याइएको जनाइएको छ ।

त्यसबोहक सीतारमणको योजनाअनुसार अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीका साथै सबै स्वास्थ्य कर्मचारीलाई तीन महिनाको अवधिमा ५० लाख रुपैयाँ बराबरको बीमा कार्यक्रम पनि ल्याइएको छ ।

त्यस्तै, किसानहरुलाई भारतको किसान सम्मान निधि नामक योजना अनुसार अप्रिल महिनाको पहिलो सातासम्म २ हजार रुपैयाँ थप उपलब्ध गराइनेछ ।

सीतारमणको प्याकेजअनुसार ग्रामिण क्षेत्रमा कार्यरत कामदारलाई थप २ हजार रुपैयाँ प्रदान गरिनेछ ।

हाल १ अर्ब ३० करोड भन्दा धेरै जनसंख्या रहेको भारतमा कोरोना भाइरसको प्रकोपका कारण लकडाउन गरिएको छ ।

लकडाउनसँगै त्यहाँका गरिब एवं दैनिक ज्याला मजदुरी गर्ने श्रमिकको अवस्था दयनीय हुन नदिनका लागि यस्तो प्याकेज घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा हालसम्म ६६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने अरु १३ जना यसका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ४ : ०४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी