शिक्षामा लैंगिक विभेद : सरकारीमा छोरी बढी, निजीमा छोरा | Khabarhub Khabarhub

शिक्षामा लैंगिक विभेद : सरकारीमा छोरी बढी, निजीमा छोरा


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–समाजमा अझै पनि छोरा र छोरीबीचको विभेद मेटिन सकेको छैन । पितृसत्तात्मक सोचले जरो गाडेको समाजमा आमाबुबाले छोरीलाई अझै पनि ‘आफ्नो’ मान्न नसकेकै कारण उनीहरुले छोरा र छोरीको शिक्षादीक्षामा समेत विभेद गर्दै आएको सरकारी तथ्यांकले देखाएको नागरिक दैनिकमा खबर छ ।

सरकारी स्कुलबाट एसईईमा सहभागी परीक्षार्थीमध्ये छात्रा ५३ दशमलव ४ प्रतिशत र छात्र ४६ दशमलव ६ प्रतिशत छन् । त्यस्तै निजी विद्यालयबाट सहभागी विद्यार्थीमध्ये छात्राको प्रीतशत ५७ दशमलव ९ र छात्राको प्रतिशत ४२ छ ।

त्यस्तै बजेट छ, योजना र खर्च छैन शीर्षकको समाचारमा चालु आर्थिक वर्षमा प्रदेश सरकारको विकास बजेटको खर्च निराशाजनक देखिएको छ । बजेट खर्च गर्ने कार्यविधि र खर्च गर्ने क्षेत्रको पहिचान गर्न नसक्दा र काम गर्ने कर्मचारी व्यवस्थापन नहुँदा प्रदेश सरकारले बजेट खर्च गर्न नसकेको हो । संघीयताको अभ्यास गर्ने चरणमै विकास बजेट खर्च हुन नसक्दा जनअपेक्षाका काम हुन नसक्ने अवस्था देखिएको छ ।

प्रदेश सरकारले एक महिनाअगाडि एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दा धेरै योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिएका थिए । तर, खर्च विवरण भने फरक रहेको छ ।

प्रदेश १ मा ११ दशमलव ५ प्रतिशत खर्च भएको छ भने, प्रदेश २ मा १२ प्रतिशत मात्र खर्च भएको छ । त्यस्तै प्रदेश ३ मा १५ प्रतिशत खर्च भएको छ । यो क्रम गण्डकी प्रदेशमा अझै कम छ । गण्डकी प्रदेशमा ९ प्रतिशतमात्र खर्च भएको छ । त्यस्तै प्रदेश ५ मा ११ प्रतिशत खर्च भएको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम २ दशमलव ७८ प्रतिशतमात्र बजेट खर्च भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ६ दशमलव ६ प्रतिशतमात्र बजेट खर्च भएको छ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ७ : १३ बजे

औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

सिरहा– लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य

टंकको ‘अशोक हार्दैछन्’ भन्ने स्ट्याटसबारे अशोक : दर्शकले हार्न दिनुभएन

काठमाडौं – ‘मन बिनाको धन’को प्रदर्शनको संघारमा राखेको स्ट्याटसबारे टंक

जङ्गली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ ।

राजा फर्काउने आन्दोलनमा पनि उत्रिएका थिए नक्कली नागरिकताधारी तेन्जिन

काठमाडौं- भदौ २४ गतेको आन्दोलनमा पेस्तोल देखाएको कसुरमा पक्राउ परेका

महोत्तरीमा नाम दर्ता गराउन मतदाता उत्साहित

महोत्तरी– महोत्तरीमा दीपावली, छठ, धातृनवमी सामाचकेवा र कात्तिक पूर्णिमासहितका चाडबाड