पदयात्राका लागि जाने हैन मनास्लुको आधार शिविर ? | Khabarhub Khabarhub

पदयात्राका लागि जाने हैन मनास्लुको आधार शिविर ?



पर्वतारोही तथा पदयात्रीका लागि मनास्लु आधार शिविर (४८०० मिटर) को यात्रा आकर्षक गन्तव्य हुनेगर्छ । मनास्लु पर्वतको आधार शिविर नेपालमा पदयात्राको लोकप्रिय गन्तव्य पनि हो ।

आधिकारिक रुपमा सन् १९९२ मा खुला गरिएको आधार शिविर शहासिक पदयात्राका लागि प्रख्यात छ । मनास्लुको पदयात्राबाट हिमालका मनोरम दृश्य, साँस्कृतिक सम्पदाका र ग्रामिण सभ्यताको मीठो अनुभाव गर्न पाइन्छ ।

संस्कृत शब्दको मानस अर्थात् शब्दबाट राखिएको यस पर्वत ८ हजार १ सय ६३ मिटर अग्लो छ भने यो विश्वको आठौँ सर्वोच्च शिखर हो । त्यसैले पनि मनास्लु आधार शिविरको पदयात्रा अविस्मरणीय र उत्कृष्ट हुनसक्छ ।

गोरखाको ३५२० मिटर उचाइको सामागाउँबाट मनास्लु हिमाल ८१६३ मिटर (बायाँ) र पूर्वी शिखर ७९९२ मिटर (बायाँ) मा देखिएको सूर्याेदयको दृश्य ।

मनास्लु हिमालको आधार शिविरको पदयात्रा सोतीखोला बजारबाट बुढीगण्डकी भञ्जाङ्गसम्म रमणीय उपत्यकाका दृश्यहरुको अवलोकनसँगै शुरु हुन्छ ।

काठमाडौंबाट गोरखा जिल्लाको आरुघाट पुगेपछि शुरु हुने यो पदयात्रा १८ दिन लामो हुने गर्छ । पदयात्राका क्रममा यात्रीले बुढीगण्डकी नदीको किनारै किनारा उपत्यका, हरिया पहाड, जङ्गल, प्रार्थानाका लागि राखिएका पताकाहरु, बौद्ध स्तुपा, गाउँहरुको अनुपम अनुभव लिन सकिन्छ ।

मनास्लु आधार शिविरको पदयात्राका लागि सबैभन्दा उपयुक्त समय सेप्टेम्बरदेखि नोभेम्बर महिना वा मार्च अप्रिलदेखि मे महिनासम्म हुने गर्छ । झरी पर्ने मौसममा भने यो पदयात्रा जोखिमपूर्ण मानिन्छ ।

मनास्लु आधार शिविर ४८०० मिटर तर्फ खच्चड लिएर जाँदै स्थानीय । खच्चड र गधा मनास्लु क्षेत्रमा यातायातका प्रमुख साधनका रुपमा रहेका छन् ।

 

मनास्लु आधार शिखिरको बाटोमा पर्ने वीरेन्द्र तालको मनोरम दृश्य
मनास्लु आधार शिविरतर्फ सामान बोकेर लैजाँदै दुई महिला ।
मनास्लु आधार शिविरमा गाडिएका पालहरु (पृष्ठभूमिमा पान्पोचे हिमाल ६६२० मिटर देख्न सकिन्छ) । पर्वतारोहीहरु आधार शिविरमा पालमा ३० दिनसम्म बस्ने गर्छन् । हरेक वर्ष ५ सय भन्दा धेरै पर्वतोरोहीले मनास्लु हिमाल आरोहण गर्ने गरेका छन् ।

 

पग्लेको हिउँबाट पानी बोकेर लैजाँदै आरोही
मनास्लु आधार शिविर ४८०० मा बत्तिले उज्यालो बनाएका पालहरु
आधार शिविरमा हेलिकप्टोरलाई अवतरणका लागि निर्देशन दिइँदै । केही आरोहीहरु मनास्लु हिमालको आरोहण गरेपछि हेलिकोप्टरबाट सीधै काठमाडौँ फर्कने गर्छन् । हेलिकोप्टर उद्धार र खोजी कार्यका लागि पनि प्रयोग हुने गरेको छ ।
मनास्लु आधार शिविरमा देखिएको हेलिकोप्टर
आधार शिविरमाथिको आकाशमा फन्को मारिरहेको हेलिकोप्टर र कागहरु
माथिल्लो शिविरमा जाने तयारी गर्दै शेर्पा
पर्वतारोहीहरु क्याम्प १ तर्फ अघि बढ्दै
क्याम्प १ को जाने बाटोमा आरोहीहरु

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  २ : ३० बजे

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको २९ औँ वार्षिकोत्सवमा पुगे उर्जामन्त्री घिसिङ

काठमाडौं– उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा आयोजित वैकल्पिक उर्जा प्रवर्द्धन

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सुरु

चितवन– देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । पवित्र

विशेष पत्रकार सम्मेलन गर्दै माओवादी उपमहासचिव जनार्दन शर्मा

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को एकताप्रति असन्तुष्ट

तोलामा एक हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन

पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

गण्डकी– मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण