कोरोनाको उद्गम हुवेइका नागरिक अन्य प्रान्त जान खोज्दा आक्रमण | Khabarhub Khabarhub

कोरोनाको उद्गम हुवेइका नागरिक अन्य प्रान्त जान खोज्दा आक्रमण


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनमा सरकाले लागू गरेको लकडाउन हटेसँगै कोरोनाको उद्गम हुबेई प्रान्त र छिमेकी जियांगक्सी प्रान्त जोड्ने पुलमा झडप भएको छ ।

हुबेइ प्रान्तका नागरिक अन्यत्र जान खोज्दा उनीहरुमाथि आक्रमण भएको हो । झडपका भिडियोहरु चिनियाँ समाजिक सञ्जालमा पोस्ट गरिएका छन् ।

सार्वजनिक भिडियोहरुमा पुलमा पुलिसको गाडी पल्टाइएको देखाइएको छ भने पुलिसले ठूलो संख्यामा चिच्याउँदै गरेको भीडको सामना गरेको छ ।

स्थानीय मिडियाका अनुसार जियांग्सी प्रशासनले हुबेईका मानिसहरुलाई प्रवेशमा रोक लगाएपछि स्थिति तनावग्रस्त बनेको हो । हुबेईले वुहानबाहेका प्रान्तका लागि मात्र लकडाउन हटाएको जनाइएको छ ।

कोभिड–१९ बाट प्रताडित हुबेईको मानिसहरुप्रति चीनमा गहिरो अविश्वासले जरो गाडेको यस घटनाले पुष्टि गरेको छ ।

हुबेइले सफलतापूर्वक महामारी समाप्त गरेको दाबी गरे पनि यहाँका मानिसहरुलाई होटल र घरहरुमा प्रवेशबाटसमेत बञ्चित गरिएको छ।

लकडाउन हटेपछि हुबेईमा मानिसहरु चीनको अन्य स्थानहरुमा समेत जान चाहेका छन्, तर उनीहरुलाई रोक लगाइएको छ ।

शुक्रबार पुलमा भएको झडपको भिडियोमा हुवेइबाट नदीपार गरी जियांगक्सी जान खोजिरहेको व्यक्तिहरुलाई रोक्न पुलपारी वर्दीधारी अधिकारिहरुको पंक्तिले नाकावन्दी गरेको देखिएको छ ।

जहाँ एउटा ठूलो भीड नाकाबंदीलाई तोड्न मार्च गरिरहेको देखिन्छ । एउटा अर्कोमा भिडियोमा हुबेईका पार्टी कमिटी सचिवले भिडलाई तितर–बितर हुन आग्रह गरेका छन् ।

उनले त्यहाँ जम्मा हुनु खतरनाक हुने भन्दै सम्झाउने कोशिस समेत गरेका छन् ।

पुलको टोल बुथमा कार्यरत एक कर्मचारीले द ग्लोब एण्ड मेलसँग कुरा गर्दै झडप शुक्रबार दिउँसो ३ बजेदेखि ६ बजेको बीचमा भएको जनाएका छन् ।

उनको नाम भने गोप्य राखिएको छ । किनभने उनलाई विदेशी मिडियासँग कुरा गर्न अनुमति सरकारले दिएको छैन । झडपसँगै शुक्रबार दिउँसोदेखि पुलको दुबैतर्फ नाकाबन्दी लगाइएको छ ।

सरकारी स्वामित्वको एक चीनियाँ मिडियालाई उद्धृत गर्दै डेली मेलले पनि झडपको पुष्टि गरेको छ ।

चीनमा लकडाउन खुलेसँगै रेलवे र लामो दूरीको बस सेवा सुचारु भएका छन् । रेलवे र सवारी सञ्चालन भए पनि  हुवेइका नागरिकहरुलाई चीनको अन्य भागमा जान दिएको छैन । गएकाहरुमाथि पनि चरम विभेदका दृष्टिले हेर्ने गरिएको पाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : ४७ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी