अमेरिकामा कोरोना विरुद्धको खोप तीव्र रुपमा विकास गरिँदै « Khabarhub

अमेरिकामा कोरोना विरुद्धको खोप तीव्र रुपमा विकास गरिँदै


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- कोरोना भाइरस (कोभिड–१९) को खोप निर्माणको निम्ति विभिन्न ३२ कम्पनीले अनुसन्धान तीव्र बनाएका छन् ।

अमेरिकाको वोस्टनमा अवस्थित फार्म मोर्डेनाले जनावारमा सफल परीक्षण भएमा मानिसमा समेत यथशीघ्र परीक्षण गरिने जनाएको छ । मोर्डेनाले यसअघि ‘मर्स’ भाइरसको खोप आविस्कार गरेको थियो ।

मोर्डेनाले सन् २००२ मा चीनवाट नै सुरु भएको अर्को महमारी सार्स भाइरसको खोप सिओभी–२ लाई नै पुन : परिमार्जितरुपमा सिधै मानिसमा परीक्षण गर्ने जनाएको छ । सिओभी–२ ले विशेषत भाइरसलाई फोक्सोमा प्रवेश गर्नवाट जोगाउछ भने भाइरसलाई कोषहरुसम्म पुग्नवाट रोक्ने काम गर्दछ ।

अर्को कम्पनी नोभेक्सले पनि सिओभि–२ लाई थप संयोजन गरि नयाँ रणनीतिको साथ कोभिड–१९ को खोप निर्माण गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रीय गरेको जनाएको छ । यस्तै वेलायती कम्पनी सेपीले अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी कम्पनी नोभ्याक्ससॅग मिलेर ४ दशमलव ४ मिलियन डलरको खोप निर्माण परियोजना अघि बढाएको छ ।

यस अघि बासिङटन राज्यमा कोरोना विरुद्धको एउटा खोप मानिसमा परिक्षण भएको छ । यसबाट अनुसन्धानकर्ता र विश्व समुदायले राहतको सास छिटै फेर्न पाउने आस गरेका छन् । मानिसमा परिक्षण गरिएको खोपको प्रारम्भिक नतिजा अपेक्षाकृत रुपमा सफल देखिएको बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ११ : ०१ बजे

पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका

हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ

मकवानपुर– हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई

विचार र कार्यक्रममा छलफल गर्न नपाइने एमालेको महाधिवेशन

काठमाडौं– राजनीतिक दल तथा संगठनको महाधिवेशन भनेको सामान्यतया विकसित सन्दर्भमा

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा