कोरोनाभाइरसको सामना गरिरहेको अमेरिकामा टोर्नाडो र असिना ! « Khabarhub

कोरोनाभाइरसको सामना गरिरहेको अमेरिकामा टोर्नाडो र असिना !


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- चीनको बुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणको चपेटामा परेको अमेरिकामा टोर्नाडो र असिनाको चेतावनी दिइएको छ ।

कोरोनाका कारण सबैभन्दा बढी संक्रमित बनेको अमेरिकामा माैसमविदहरुले टोर्नाडो र असिनाको चेतावनी दिएका हुन् ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय १५ जनाको मृत्यु भएको छ ।

हालसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८५ जना नयाँ संक्रमित देखिएका हुन् ।

अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् भने १ लाख १७ हजार ८ सय ६९ जना उपचाररत छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुकक हुँदै अमेरिकामा गम्भीर अवस्थामा देखिएको छ ।

कोरोनाको सामना गरिरहेको अमेरिकामा मौसमविद्ले पुनः टोर्नाडो र असिनाको चेतावनी दिएका छन् ।

अमेरिकाको शिकागो लगायत त्यस क्षेत्रमा टोर्नाडो र असिनाका कारण झण्डै ७० मिलियन जनताहरु खराब मौषमको चपेटामा पर्ने मौषमविदहरुले दाबी गरेका हुन् ।

शिकागो मेट्रोसहित ४५ हजार स्क्वायर माइलमा खराब मौषमको चेतावनी दिइएको हो ।

नर्दन इलिनोयमा सामान्य जोखिम रहेको, मिजौरी, इन्डियाना र आयोवामा उच्च जोखिम रहेको तथा मिडवेस्ट, साउथवेष्ट र ओहायो भ्यालीमा जोखिम रहेको जनाइएको छ ।

उनीहरुले विनाशकारी हावा चल्नुका साथै  ठूलाठूला असिना पर्ने पूर्वानुमान गरेका छन् । कतिपय स्थानमा बर्षाका साथै हिमपातको समेत हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ७ : ३७ बजे

पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका

हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ

मकवानपुर– हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई

विचार र कार्यक्रममा छलफल गर्न नपाइने एमालेको महाधिवेशन

काठमाडौं– राजनीतिक दल तथा संगठनको महाधिवेशन भनेको सामान्यतया विकसित सन्दर्भमा

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा