कोरोनाभाइरसको सामना गरिरहेको अमेरिकामा टोर्नाडो र असिना ! « Khabarhub

कोरोनाभाइरसको सामना गरिरहेको अमेरिकामा टोर्नाडो र असिना !


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- चीनको बुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणको चपेटामा परेको अमेरिकामा टोर्नाडो र असिनाको चेतावनी दिइएको छ ।

कोरोनाका कारण सबैभन्दा बढी संक्रमित बनेको अमेरिकामा माैसमविदहरुले टोर्नाडो र असिनाको चेतावनी दिएका हुन् ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय १५ जनाको मृत्यु भएको छ ।

हालसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८५ जना नयाँ संक्रमित देखिएका हुन् ।

अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् भने १ लाख १७ हजार ८ सय ६९ जना उपचाररत छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुकक हुँदै अमेरिकामा गम्भीर अवस्थामा देखिएको छ ।

कोरोनाको सामना गरिरहेको अमेरिकामा मौसमविद्ले पुनः टोर्नाडो र असिनाको चेतावनी दिएका छन् ।

अमेरिकाको शिकागो लगायत त्यस क्षेत्रमा टोर्नाडो र असिनाका कारण झण्डै ७० मिलियन जनताहरु खराब मौषमको चपेटामा पर्ने मौषमविदहरुले दाबी गरेका हुन् ।

शिकागो मेट्रोसहित ४५ हजार स्क्वायर माइलमा खराब मौषमको चेतावनी दिइएको हो ।

नर्दन इलिनोयमा सामान्य जोखिम रहेको, मिजौरी, इन्डियाना र आयोवामा उच्च जोखिम रहेको तथा मिडवेस्ट, साउथवेष्ट र ओहायो भ्यालीमा जोखिम रहेको जनाइएको छ ।

उनीहरुले विनाशकारी हावा चल्नुका साथै  ठूलाठूला असिना पर्ने पूर्वानुमान गरेका छन् । कतिपय स्थानमा बर्षाका साथै हिमपातको समेत हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ७ : ३७ बजे

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण