विपन्न एवं दैनिक ज्यालादारीमा नर्भर नागरिकलाई राहत दिन नगरपालिका संघको आग्रह « Khabarhub

विपन्न एवं दैनिक ज्यालादारीमा नर्भर नागरिकलाई राहत दिन नगरपालिका संघको आग्रह


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नगरहरुको छाता संस्था नेपाल नगरपालिका संघले विपन्न एवं दैनिक ज्यालादारीमा निर्भर नागरिकको पहिचान गरि न्यूनतम राहत उपलव्ध गराउन आग्रह गरेको छ ।

नेपाल नगरपालिका संघका प्रमुखसमेत रहेका धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले सम्पूर्ण महानगर, उपमहानगर र नगरपालिकाहरुलाई कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न र गरीब जनताका लागि राहत उपलव्ध गराउन आग्रह गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले जारी गरेको नेपाल नगरपालिका संघको विज्ञप्तिमा भनिएको छ, नगरपालिकाहरुका विपन्न एवं दैनिक ज्यालादारीमा निर्भर परिवार पहिचान गरि न्यूनतम राहत उपलव्ध गराउन हार्दिनक अपिल गर्दछु ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९ )को माहामारीबाट विभिन्न देशहरुमा हजारौ मान्छेहरुले ज्यान गुमाउनुका साथै लाखौ मानिसहरु प्रभावित भएको र विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सतर्क रहन संघले आग्रह गरेको छ ।

नेपालमा पनि पाँच जनामा संक्रमण देखिएको भन्दै संक्रमण फैलन नदिनका लागि मुलुक लकडाउनको अवस्थामा रहेको बेलामा स्थानीय सरकारहरुको मुख्य भुमिका रहने हुँदा माहामारी फैलिन नदिन सचेतीकरण , पूर्वाधार निर्माण र संभावित आपतकालिन अवस्थको पूर्व तयारी गर्न अनुरोध गरिएको छ ।

नगरपालिका संघले सबै स्थानीय तहले आफ्नो गाँउ नगरमा हाल विदेशबाट आएकाको तथ्यांक संकलन संघ ,प्रदेश सरकार तथा नेपाल नगरपालिका संघमा पठाउन र निर्धारित मापदण्ड अनुसार क्वारेन्टीनमा राख्न र संक्रमणको लक्षण देखिएमा सुरक्षा विधि सहित तोकिएको स्वास्थ संस्था लैजाने व्यवस्था मिलाउन भुमिका निर्वाह गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ११ : ३२ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन