कर्मचारीले १ साताको तलब विपद् तथा प्रकोप व्यवस्थापन कोषमा राख्ने « Khabarhub

कर्मचारीले १ साताको तलब विपद् तथा प्रकोप व्यवस्थापन कोषमा राख्ने


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सैनामैना– रुपन्देहीको सैनामैना नगरपालिकाका कर्मचारीले १ साताको तलब विपद् तथा प्रकोप व्यवस्थापन कोषमा राख्ने घोषणा गरेका छन् । नगरपालिकाको आज बसेको बैठकमा नगर प्रमुख चित्रबहादुर कार्कीले जनप्रतिनिधिले पाउने सेवा सुविधामध्ये १५ दिनको सेवा, सुविधासमेत कोषमा राख्ने जानकारी दिए ।

दैनिक गुजारा चलाउन अप्ठ्यारो हुने समुदायलाई सहयोग गर्न जिन्सी तथा नगद सङ्कलन कार्य पनि शुरु हुने निर्णय भएको छ । बैठकले वडा कार्यालयबाट उपभोग्य वस्तुको व्यवस्था मिलाउनका साथै वितरण कार्य पनि वडा कार्यालयमार्फत हुने बताइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको नेतृत्वमा तीन दिनभित्रै नगद तथा जिन्सी सङ्कलन गरिने भएको छ । पन्थीले उपभोग्य तथा नगद सङ्कलन कार्य एकद्वार प्रणालीमा हुने पन्थीले बताए ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी, सैनामैनाले नगरपालिकाको विपद् तथा प्रकोप व्यवस्थापन कोषमा १ लाख प्रदान गर्ने घोषणा गरेको छ । त्यस्तै व्यापार सङ्घ, सैनामैनाले रु ५० हजार, सप्तऋषि बचत तथा ऋण सहकारी, सैनामैनाले रु ५० हजार, रोटरी क्लब अफ सैनामैनाले १० क्विन्टल चामल कोषमा प्रदान गर्ने घोषणा गरेका छन् ।

कोरोना भाइरसविरुद्ध मुलुकमा लकडाउनको घोषणापछि खाद्यान्न सङ्कटको समस्यालाई समाधान गर्न सैनामैनाका सामुदायिक वन तथा उपभोक्ता समिति, खानेपानी सरसफाइ तथा उपभोक्ता समिति, विभिन्न सङ्घसंस्थाले पनि कोषमा सहयोग प्रदान गर्ने बताएका छन् ।

यसैबीच सैनामैनामा रहेका निजी मेडिकल तथा क्लिनिक लकडाउनको समयमा पनि सञ्चालनमा नआउँदा स्थानीयवासीलाई सास्ती भएको छ । सैनामैना–४ का दीपक अधिकारीले निजी मेडिकल तथा क्लिनिक बन्द हुँदा दम, उच्च रक्तचापलगायतका बिरामीलाई औषधि नपाउँदा अप्ठ्यारो भएको बताए । बन्द भएका मेडिकल तथा क्लिनिक नगरपालिकाको निर्देशनमा नियमित सञ्चालन गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १ : ०५ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा