लकडाउनका बेला प्रदेश सरकारले गरिबहरुलाई खानाको व्यवस्था गर्ने « Khabarhub

लकडाउनका बेला प्रदेश सरकारले गरिबहरुलाई खानाको व्यवस्था गर्ने


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नं २ सरकारले ‘लकडाउन’ अवधिभर प्रदेशभरिका गरिब र तथा दैनिक ज्यालादारीमा खट्ने मजदुरलाई भोजनको व्यवस्था गर्ने भएको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले लकडाउनका कारणसमस्यामा परेका गरिब र मजदूरको जीवन रक्षाका लागि प्रदेश सरकारका तर्फबाट भोजनको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

यसको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गरेर तत्कालका लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख रुपैयाँको दरले रकम पठाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

यसका साथै स्थानीय तहलाई समेत सोही अनुपातमा रकम राख्न आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं मन्त्री यादवले बताए । सो कार्यका लागि प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्था सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइने छ । कोभिड–१९ को उपचारमा खटिने चिकित्सकको जीवन बीमाका साथै शतप्रतिशत प्रोत्साहन भत्तासमेत दिइने निर्णय भएको छ ।

सर्वदलीय बैठक

सरकारले कोरोना रोकथामका लागि हालसम्म गरेको प्रयास र आगामी दिनमा लिइने नीतिबारे जानकारी गराउन सर्वदलीय बैठक बसेको थियो ।

सर्वदलीय बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेशका मन्त्री, काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेपाल कम्युष्टि पार्टी (नेकपा)का नेता शत्रुधन महतो, किशोरी साह कमल र विभिन्न मन्त्रालयका सचिवसमेतको सहभागिता थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  २ : ५० बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई