नेपाललाई सहयोग गर्न अपिल गर्दै प्रचण्डले लेखे चिनियाँ राष्ट्रपतिलाई चिट्ठी | Khabarhub Khabarhub

नेपाललाई सहयोग गर्न अपिल गर्दै प्रचण्डले लेखे चिनियाँ राष्ट्रपतिलाई चिट्ठी


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेका छन् ।

उनले पत्रमा कोरोना महामारी नियन्त्रणमा सफलता पाएकोमा चिनियाँ राष्ट्रपति सीलाई बधाइसमेत दिएका छन् ।

पत्रमा उनले कोरोना भाइरससँगको लडाइमा जीत हात पारेकोमा नेकपाको तर्फबाट बधाइसमेत दिएका छन् ।

अध्यक्ष प्रचण्डकी छोरीसमेत रहेकी स्वकीय सचिव गंगा दाहालका अनुसार पत्र तीन दिन अघि पठाइएको थियो ।

पत्रमा प्रचण्डले कोरोना महामारीसँग अहिले नेपाल जुधिरहेको उल्लेख गर्दै सहयोगको लागि सीसँग अपिल गरेका छन् ।

चीनको हुेबई प्रान्तको उहानबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वभर महामारीको रुपमा फैलिएको छ भने कयौं हजारले ज्यान गुमाएका छन् ।

चीनमा कारोना भाइरसबाट अहिलेसम्म करिब ८१ हजार संक्रमित भएका छन् । तीमध्ये तीन हजार तीन सयको मुत्यु भएको छ । तर पछिल्लो समय चीनमा कोरोना भाइरस संक्रमितको संख्या छैन ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ४ : ५४ बजे

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

लमजुङ– लोपोन्मुख घाटु नाचलाई गुरुङ संस्कृतिको धरोहरका रूपमा लिने गरिन्छ

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरी छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुक समृद्ध

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने

अपडेट : इजरायली हमलाबाट गाजामा १०३ जनाको मृत्यु

गाजा पट्टी- इजरायली आक्रमणमा गाजा पट्टीभरि शनिबार रातभर र आइतबारसम्म

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

काठमाडौं–  प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’