बुटवलस्थित विशेष अस्पतालमा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण गरिँदै « Khabarhub

बुटवलस्थित विशेष अस्पतालमा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण गरिँदै


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुपन्देहीका बुटवलस्थि कोरोना विशेष अस्पतालमा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबारे जानकारी दिँदै बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना भएका व्यक्तिको कोरोनाको परीक्षण हुने जाकारी दिएको हो ।

कोरोनाको आशंकामा भर्ना भएका व्यक्तिको मृत्यु भएपनि उनको कोरोना परीक्षणका थ्रोड स्वाबको नमुना संकलन भइसकेको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइँदै गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।

उनको मृत्युको कारण कोरोना संक्रमण हो वा होइन भन्नेबारे परीक्षणको नजिता आएपछि मात्र जानकारी हुने प्रवक्ता देवकोटाले बताए ।

‘बुटवलमा क्वारेन्टाइमा राखेको व्यक्तिको मृत्यु भएको कुरा आएको छ, ती व्यक्तिको नमुना संकलन गरेर यहाँ आउने क्रममा छ,’ प्रवक्ता देवकोटाले भने, ‘त्यसको विषयमा थप कुरा नमुना परीक्षण पछि नै जानकारी हुन्छ, अहिलेसम्म नमुना परीक्षण नभइसकेको मैले जानकारी गराए ।’

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ५ : ०३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना