धार्मिक भेला नरोक्दा पाकिस्तानमा यसरी फैलियो कोरोना भाइरस | Khabarhub Khabarhub

धार्मिक भेला नरोक्दा पाकिस्तानमा यसरी फैलियो कोरोना भाइरस


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणमा इरानभन्दा पनि खराब अवस्था रहेको पाकिस्तान सरकारले लाहौरमा एक धार्मिक भेला गर्ने अनुमति दिएर लाखौंको ज्यान जोखिममा राखेका आरोप लागेको छ ।

मुस्लिम राष्ट्रहरुलाई जोखिममा राख्दैं पाकिस्तानले हालसालै धार्मिक भेलाको अनुमति दिएको थियो ।

स्थानीय तेबेगी जमातलाई पाकिस्तान सरकारले मार्च १३ देखि १५ सम्म धार्मिक भेला आयोजना गर्ने अनुमति दिएको थियो ।

उक्त भेलामा विश्वका विभिन्न भागबाट लाखौं मुस्लिम श्रद्धालु भेला हुने अपेक्षा गरिएको थियो । करिब साढे २ लाख मुस्लिम श्रद्धालुहरु भेला शुरु हुनु पूर्व नै लाहौर पुगिसकेका थिए ।

इरान र साउदी अरेबिया जस्ता देशहरूले धार्मिक जमघटमा प्रतिबन्ध लगाइरहेको बेला पाकिस्तानले उक्त भेला आयोजना गर्ने अनुमति दिएर लाखौं मुस्लिमहरुको जीवन जोखिममा राखेको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चौतर्फी आलोचना भइरहेको छ ।

आइतबार गाजापट्टीमा कोरोनाभाइरस संक्रमणको पहिलो दुई घटनाहरू देखा पर्यो । यी दुई प्यालेस्टिनी पुरुषहरू सोही भेलाका लागि पाकिस्तान गएर फर्केका थिए ।

पाकिस्तानमा १३०० भन्दा बढी व्यक्तिमा संक्रमण देखि सकिएको छ । तर सरकारले हालसम्म नियन्त्रणतर्फ कुनै ठोस कदम चाल्न सकेको छैन ।

पाकिस्तानी पत्रकार कुँवर खुलदुने शाहिदले पाकिस्तान विश्वमा कोभिड–१९ को ‘सुपर–स्प्रेडर’ बन्ने खतरा औल्याएका छन् ।

शाहिदले पाकिस्तान सरकारले विचित्रतापूर्वक ब्यवहार गरिरहेको आरोप लगाउँदै शुक्रवारको प्रार्थनाको लागि भेला भएका करोडौंको बीचमा कोरोना प्रसार कुन गतिमा भएको होला भन्ने कल्पना समेत गर्न नसकिने बताए ।

इरानले साप्ताहिक शुक्रबारको प्रार्थना रद्द गरेको थियो र साउदी अरबले फेब्रुवरीको अन्त्यमा नै उमरा यात्रालाई स्थगित गरेको थियो । तर पाकिस्तान सरकारले भने देशको दोस्रो ठूलो जनसंख्या भएको शहरमा लाखौं मानिस भेला हुने इज्जितमा गर्ने अनुमति दिएको थियो ।

तथापि भेला हुने भनिएको दिनभन्दा एक दिन पहिले मार्च १२मा आयोजकले सम्मेलन रद्द गरेका थिए । तर सम्मेलन रद्द हुने घोषणा भएको दिनसम्म लगभग २ लाख ५० लाख मानिसहरू लाहौरमा भेला भइसकेका थिए । यद्यपि भेला रद्द गरिनुको कारण कोरोना महामारी नभई वर्षा हुने पूर्वानुमान थियो ।

इरानले पवित्र शिया स्थलहरु बन्द गरेको छ भने साउदी अरेबियाले इस्लामका दुई अति पवित्र मस्जिदहरूमा प्रार्थना गर्न प्रतिबन्ध लगाएको छ । त्यस्तै टर्की, युएई, लेबनान, इराक, जोर्डन जस्ता धेरै मुस्लिम देशहरूले मस्जिद बन्द गरेको बेला पाकिस्तानले भने सबै खुला राखेको छ ।

राष्ट्रिय टेलिभिजनमा कोरोनाभाइरसको उपचारको बारेमा झूट फैलाउने मौलवीहरू विरुद्ध कुनै कारबाही भइरहेको छैन् । प्रख्यात धर्मगुरु मुहम्मद ताकी उस्मानीले राष्ट्रिय टिभीमा पैगम्बर मोहम्मदले सपनामा आइ कुरानको केही मन्त्रहरुको वाचन गरेमा कोरोनाको संक्रमण नहुने बताएका थिए ।

शनिवार सम्मको विवरण अनुसार पाकिस्तानमा ११ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ हजार ४ सय ८ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : २७ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको