इन्टरनेट र विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय « Khabarhub

इन्टरनेट र विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लकडाउन अवधिभर इन्टरनेट र भ्वाइस सेवामा २५ प्रतिशत छुट दिन टेलिकम सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी र निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले पनि यस्तो छुट सुविधा दिनुपर्ने सरकारका प्रवक्ता तथा अर्थ मन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको  हो। सरकारले लकडाउन अवधिभर टेलिकम सेवाप्रदायकलाई डाटा तथा डाटा प्याकमा २५ प्रतिशत छुट दिन निर्देशन दिएको हो । निजि क्षेत्रका इन्टरनेट सेवाप्रदायकले पनि यस्तो छुट दिनुपर्ने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो । यस्तै, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ । यसैगरी सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १० : २५ बजे

८ गतदेखि काठमाडौंमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने

काठमाडौं– नेपाल हस्तकला महासंघको आयोजनामा जेठ ८ गतदेखि काठमाडौंमा नेपाल

जेन-जी आन्दोलनबारे आयोगको प्रतिवेदन ‘हराएपछि’ संसद्‍बाट खबरदारी

काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले जेनजी आन्दालनबारे मानवअधिकार

घरजग्गा कारोबारबाट वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं– घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र

२४ घण्टामा एक हजार ९६२ जना ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार