चीनबाट ल्याइएका स्वास्थ्य सामग्रीको गुणस्तर परीक्षण गर्न सरोकारवालाको माग | Khabarhub Khabarhub

चीनबाट ल्याइएका स्वास्थ्य सामग्रीको गुणस्तर परीक्षण गर्न सरोकारवालाको माग


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चीनबाट खरिद गरेर ल्याइएका स्वास्थ्य सामाग्रीको गुणस्तर परीक्षण गर्न सरोकारवालाहरुले माग गरेका छन् ।

आइतबार चीनबाट सरकारले खरिद गरेको कोरोना परीक्षण कीट तथा अन्य सामग्रीको गुणस्तर परीक्षण गर्न जनस्वास्थ्य विज्ञहरुले माग गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलनमा विश्व बजारमा सामान अभाव रहेका कारण खरिद गरिएका सामान केही महँगो परेको बताए पनि रसायन तथा मेडिकल आपूर्ति संघले बिज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक श्रेष्ठले टेण्डर खोलेर सामान खरिदको प्रयास गरे पनि कसैले टेण्डर नहालेपछि अन्तिममा सहमतिका आधारमा सामान खरिद गरिएको बताएका थिए ।

तर, आपूर्ति संघले भने यस विषयमा बिज्ञप्ति जारी गर्दै भनेको छ- ‘स्वास्थ्य सेवा विभागसँग पटक-पटक छलफल भएको र सामान खरिद गर्ने विषयमा आवश्यकता र आपूर्ति समय अनुसार खरिद आदान- प्रदान गर्ने निर्णय भए पनि हालसम्म प्रक्रिया पूरा नभएको अवस्था छ ।’

जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले औषधि व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, मेडिकल तथा सर्जिकल सप्लायर्स, तथा विज्ञहरुको टिम नै बनाएर चीनबाट ल्याइएका सामाग्रीको गुणस्तर परीक्षण गर्नुपर्ने बताए ।

‘सरकारले महँगो दरमा चीनबाट किनेका कोरोना परीक्षण कीट तथा अन्य सामानको गुणस्तर चेक गर्नु जरुरी छ, ‘चीनबाट किनेका सामग्री २० देखि ३० प्रतिशत मात्र काम लाग्ने तथा अरु नक्कली भएपछि स्पेन, फ्रान्स, नेदरल्याण्ड लगायतका देशहरुले सम्पूर्ण सामग्री फिर्ता गरे,’ डा. पाण्डेले भने, ‘उनीहरु जनताप्रति जवाफदेही र देशको बजेट खानपिन नगर्ने किसिमका भएकोले नक्कली सामग्री फिर्ता गरे, हाम्रा खातापिताहरुले जनस्वास्थ्यमाथि खेलवाड नगरुन् । औषधि व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, मेडिकल तथा सर्जिकल सप्लायर्स, विज्ञ आदिको टिम बनाएर ती सामग्रीको परिक्षण होस्, प्रमाणित सामग्रीमात्र वितरण गरियोस् ।’

स्वास्थ्य मन्त्रालयले चीनबाट कोरोनाको उपचारका लागि चाहिने पीपीई लगायतका स्वास्थ्य सामाग्री खरिद गरेको जनाएको छ ।

यसअघि चीनका व्यापारीबाट खरिद भएका २० देखि ३० प्रतिशत स्वास्थ्य सामाग्री मात्र काम लाग्ने भएको भन्दै  स्पेन, फ्रान्स, नेदरल्याण्ड लगायतका देशहरुले सो सामान नै फिर्ता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार प्रकाशन गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ११ : ३१ बजे

रास्वपाको उम्मेदवार हुन विवाहको वैधानिकता खुलाउनुपर्ने, कसैलाई गाली गरेको भेटिए अयोग्य ठहरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक

सञ्चारमन्त्री भन्छन्- दुःख र सङ्घर्षमा खुसी हुन सकियो भने जीवनभरका धेरै समय दुःख हुँदैन 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा

हङकङ इन्टरनेशनल सिक्सेस : नेपाल युएईसँग पराजित

काठमाडौं– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा

कांग्रेसमा विशेष महाधिवेशन गर्ने कि नगर्ने मूल प्रश्न हो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको