कोरोनाबाट ३३ हजार ९ सय बढीको मृत्यु, १ लाख ५० हजार निको भए | Khabarhub Khabarhub

कोरोनाबाट ३३ हजार ९ सय बढीको मृत्यु, १ लाख ५० हजार निको भए


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ ।

नेपाली समयअनुसार सोमबार विहान साढे ५ बजेसम्म थप ३ हजार ७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ३६ जनाको मृत्यु भएको हो ।

यस्तै ७ लाख २१ हजार भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्वका २ सय भन्दा बढी मुलुकमा संक्रमण फैलिदा बिरामी परेकामध्ये उपचारपछि १ लाख ५० हजार ९ सय ३९ जना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा इटाली परेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ सय ५६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ ।

इटाली पूर्ण लकडाउनको अवस्थामा रहदा पनि संक्रमण फैलने क्रम रोकिएको छैन । ५२ सय १७ जना थप मानिस संक्रमित हुँदा कोरोनाको संक्रमणबाट ९७ हजार ६ सय ९८ मानिस प्रभावित भएका छन् ।

उपचार गराइरहेका ७३ हजार ८ सय ८० जनामध्ये ३९ सय ६ जनाको अवस्था गम्भीर छ । यद्यपि अहिलेसम्म १३ हजार ३० जना भने उपचारपछि निको भएर घर फर्किएको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यस्तै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमणमा परेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप २ सय ४८ जनाको मृत्यु भएको छ भने १७ हजार ९ सय ८१ जना संक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २४ सय ६८ पुगेको छ भने संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ५ सय ५९ पुगेको छ । ४४ सय ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

उपचार गराइरहेका १ लाख ३४ हजार भन्दा बढी मानिसमध्ये २९ सय ७० जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदै अनिश्चितकालिन राष्ट्रिय संकटकाल लगाइएको छ ।

कोरोना भाइरसको उद्भव मानिएको चीनमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमण देखिएको छैन । त्यहाँ ३३ सय मानिसको मृत्यु भएको छ ।

यस्तै स्पेनमा ६ हजार ८ सय ३ जनाको मृत्यु भएको छ भने ८० हजार भन्दा बढी संक्रमित भएका छन् ।

इरानमा २६ सय ४० को मृत्यु हुँदा फ्रान्समा २६ सय ६ जनाको मृत्यु भएको छ । ती मुलुकहरुमा पनि संक्रमण फैलने क्रम बढिरहेकाले मृत्यु हुने मानिसको संख्या अझ बढ्ने स्वास्थ्य अधिकारीहरुको आकलन छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : ५७ बजे

पूर्वाञ्चल र मध्यपश्चिममा उपकुलपति नियुक्त

काठमाडौं– प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका

आम जनता पार्टीले वैशाख २० मा भन्सार विभाग घेराउ गर्ने

काठमाडौं– आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक

पाकिस्तानमा भारी वर्षाका कारण १४३ जनाको मृत्यु

पाकिस्ता– पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी

भारतमा काम लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

हेटौंडा– भारतमा काम लगाइने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक

लगानी सम्मेलनको फाइदा जमिनदार र बैंकलाई !

काठमाडौं- सरकारले आयोजना गरेको ‘नेपाल इन्भेष्टमेन्ट समिट (लगानी सम्मेलन) सोमबार