टर्किस फुटबलर रेकबरलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

टर्किस फुटबलर रेकबरलाई कोरोना संक्रमण


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बार्सिलोनाका पूर्व गोलरक्षकसमेत रहेका टर्किस फुटबलर रुस्तु रेकबरलाई कोरोना भाइरसको संक्रमण भएको छ। चिन्ताजनक अवस्थामा उनको उपचार भइरहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले उल्लेख गरेका छन्।

४६ वर्षीय रुस्तु, टर्की सन् २००२ को विश्वकपमा सेमिफाइनलसम्म पुग्दा टोलिका महत्वपुर्ण सदस्य रहेका थिए। रुस्तुको नाममा टर्कीका लागि सर्वाधिक पटक अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने कीर्तिमान पनि रहेको छ।

रुस्तुकी श्रीमति इसिल रेकबरले भनेकी छिन्- तिव्र गतिमा विकसित लक्षणका कारण हामी स्तब्ध छौँ।

इसिलसहित रुस्तुका दुई सन्तानमा भने कोरोना संक्रमण नरहेको जनाइएको छ। बेसिकटासका लागि पाँच वर्ष व्यावशायीक फुटबल खेलेपछि रुस्तुले सन् २०१२ मा खेलाडि जिवनबाट सन्याश लिएका थिए।

स्पेनिस क्लब बार्सिलोनाले रुस्तुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ६ : २५ बजे

कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

काठमाडौं– कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन्

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित

गृहमन्त्री र जीबी राईबारे अफवाह फैल्याएको आरोपमा समातिए डिल्लीराम

पटक पटक विवादमा परिरहने डिल्लीराम खनालाई प्रहरीले पक्राउ गरेको छ

अवैध लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौं-  झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने

वेस्ट इन्डिज ‘ए’ विरुद्ध रोहित पौडेलको अर्धशतक

काठमाडौं- स्वेष्टइण्डिज ‘ए’ विरुद्ध​को टी–ट्वेन्टी सिरिज अन्तर्गत चौथो खेलमा नेपालका