कोरोना भाइरस : अमेरिकामा २४ घण्टाको अवधिमा १८ हजार बढी संक्रमित, २ सय ५५ को मृत्यु « Khabarhub

कोरोना भाइरस : अमेरिकामा २४ घण्टाको अवधिमा १८ हजार बढी संक्रमित, २ सय ५५ को मृत्यु


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सख्या २ हजार ४ सय ७५ पुगेको छ । १ लाख ४१ हजार ८ सय ५४ जना संक्रमित छन् ।

संक्रमितमध्ये ४ हजार ४ सय ३५ जनाले उपचारपछि घर फर्केको अवस्था छ ।

वल्डोमिटरले उपलब्ध गराएको तथ्यांक अनुसार अमेरिकामा २४ घण्टाको अवधिमा १८ हजार २ सय ७६ जना कोरोना संक्रमित नयाँ बिरामी भेटिएका छन् । त्यस्तै २ सय ५५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा सबैभन्दा बढी संक्रमित न्युयोर्कमा छन् । न्यूयोर्कमा मात्रै ५९ हजार ६ सय ४८ जनामा संक्रमण देखिएको छ । त्यहाँ देखिएकामध्ये ६ हजार २ सय ५५ नयाँ संक्रमित हुन् । त्यस्तै ९ सय ६५ जनाले ज्यान गुमाएका छन् । विगत २४ घण्टाको अवधिमा न्युयोर्कमा मात्रै ८२ जनाको मृत्यु भएको छ ।

त्यस्तै न्यूजर्सीमा संक्रमितको संख्या १३ हजार ३ सय ८६ पुगेको छ । १६१ जनाले ज्यान गुमाएका छन् ।

क्यालिर्फोनियामा पनि ६ हजार २ सय ४ जना संक्रमित हुँदा १३१ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ६ : ४९ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ