लकडाउन गरेकोमा भारतीय प्रधानमन्त्री मोदीले माफी मागे « Khabarhub

लकडाउन गरेकोमा भारतीय प्रधानमन्त्री मोदीले माफी मागे


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका दशौँलाख गरिबहरूलाई ठूलो असर पार्नेगरी ‘लकडाउन’ गरिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन्।

चार घण्टाको मात्र पूर्वसूचना दिएर कडा बन्देजको घोषणा गरिएपछि भारतमा त्यसको तयारीलाई जोडेर उक्त कदमको निकै आलोचना भएको छ।

एक अर्ब तीस करोड जनसङ्ख्या भएको भारतमा लकडाउनले धेरैलाई भोको र बेरोजगार पारेको छ।

साप्ताहिक रेडिओ सम्बोधनमा आइतवार मोदीले भने: “मलाई तपाईँहरूको समस्या थाहा छ तर कोरोनाभाइरसविरूद्ध लड्ने अर्को कुनै उपाय छैन । यो जीवन र मृत्युको लडाईँ हो र हामीले त्यो जित्नुपर्छ।”

भारत अहिले तीन साताका लागि लगाइएको लकडाउनको बीचमा छ। तर त्यसकाबीच करार र दैनिक ज्यालादारीका दशौँ हजार श्रमिक प्रतिबन्धलाई तोडेर आफ्ना घर फर्किरहेको बीबीसीले उल्लेख गरेको छ ।

एकजना मजदुरले घर फर्कन २७० किलोमिटरको पैदल यात्राको प्रयास गरेपछि ज्यान गुमाएको प्रहरीलाई उदृत गर्दै रोएटर्सले जनाएको छ ।

अहिले राज्य सरकारहरूलाई आफ्ना राज्यका सीमाहरू बन्द गर्न भनिएको छ। कोरोनाभाइरसको सङ्क्रमण फैलन नदिने प्रयासस्वरूप देशका विभिन्न ठाउँबाट आएका हजारौँ कामदारहरूलाई क्वारन्टीनमा राख्न समेत भनिएको छ।

उत्तर प्रदेश राज्यमा कर्मचारीहरूलाई हालै घर फर्केका झण्डै डेढ लाख मानिसहरू आफ्ना घरभित्र छिर्न दिन नहुने भन्दै तिनको पहिचान गर्न भनिएको छ।

उच्च जनघनत्व भएका कारण भारतमा भाइरसको प्रकोप फैलँदा त्यसले दुर्भाग्यपूर्ण अवस्था निम्त्याउनसक्नेमा धेरैको चिन्ता छ।

कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । १ हजार २४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ जनाले उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ४७ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग