गाउँलेबाट चन्दा उठाएर क्वारेन्टाइन निर्माण « Khabarhub

गाउँलेबाट चन्दा उठाएर क्वारेन्टाइन निर्माण


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुस्कुन– सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का बासिन्दाबाट चन्दा उठाएर क्वारेन्टाइन बनाइएको छ । धुस्कुनस्थित हरिसिद्धि आधारभूत विद्यालयलाई क्वारेन्टाइन बनाई प्रयोग गर्न लागिएको छ ।

४० जनाको क्षमता रहेको क्वारेन्टाइनमा बिजुली र सौर्यबत्ती, खानेपानी, पङ्खा, महिला र पुरुषका लागि छुट्टै स्नानगृह र शौचालयको व्यवस्था गरिएको वडाध्यक्ष सुकदेव रिसालले जानकारी दिए । अहिले भने १५ जना क्षमताको तयारी भएको छ । इच्छा हुने एक व्यक्ति बराबर १ हजार संकलन गरेर क्वारेन्टाइन बनाइएको हो ।

क्वारेन्टानमा धुस्कुन स्वास्थ्यचौकीका इन्चार्ज रहनेछन् । क्वारेन्टाइन बनाउन नेकपा गाउँपालिका कमिटी, इसार्ड सुनकोशी र स्थानीय समाजसेवीको सहयोग रहेको रिसाल बताउँछन् ।

अस्थायी क्वारेन्टाइन सञ्चालनका लागि युवा व्यवसायी विदुर नेपालले स्वास्थ्यकर्मी सुरक्षाका लागि ५ थान गाउन र ५०० थान मास्क निःशुल्क उपलब्ध गराएका थिए । त्यस्तै कल्याणकारी स्वयमसेवक संघ नेपालले ५ सय थान मास्क प्रदान गरेको छ ।

सिन्धुपाल्चोकमा चार जनालाई आइसोलेशनमा

सिन्धुपाल्चोकमा अहिलेसम्म विदेशबाट फर्किएका ४ जनालाई कोरोना भाइरसको आशंकामा आइसोलेशन वार्डमा राखिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ६ पीपलडाँडाका भोजबहादुर रिजाललाई आइसोलेशनमा राखिएसँगै सिन्धुपाल्चोकमा आइसोलेशनमा रहनेको ४ जना पुगेको हो । रिजाललाई चौतारा अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ ।

यसअघि इराकबाट फर्केका ३ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबीसेमा राखिएको थियो । उनीहरु अझै आइसोलेशनमै छन् । उनीहरुको स्वास्थ्य परीक्षण भइरहेको स्वास्थ्य केन्द्रले जनाएको छ । बाह्रबीसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशन वार्डमा उपचाररत उनीहरुको शनिबार स्वाबको नमूना संकलन गरी परीक्षणका लागि राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १० : ४१ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही