कोरोना भाइरसको प्रभाव– होम क्वारेन्टाइनमै मनाइँदै छ चैती छठ | Khabarhub Khabarhub

कोरोना भाइरसको प्रभाव– होम क्वारेन्टाइनमै मनाइँदै छ चैती छठ


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिबास– मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती (बासन्ती) छठ पर्वका सबै विधि यसपाली महोत्तरीमा घरघरमै सम्पन्न गरिँदै छ ।

पर्वमा आज (सोमबार) नदी वा पवित्र जलाशयमा पुगेर अस्ताउँदा सूर्यलाई अघ्र्य दिने विधि घरघरै गरिने तयारी देखिएको हो । पर्वको मुख्य दिन आज निराहार ब्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्ध्य दिने विधि ‘सझुका–अरख’ सम्पन्न गरिने तयारी छ ।

पर्वकै बेला संसारभरि नै कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रास छाएको हुँदा सरकारले यसको सङ्क्रमण बढ्न नदिन ‘लक डाउन’ जारी गरेको बेला पर्वका विधि क्वारेन्टाइनमा रहँदै घरघरै सम्पन्न गर्न लागिएको हो ।

सूर्यदेबको उपासना गरिने यो पर्व उमङ्ग र उल्लासमय वातावरणमा मनाइने परम्परा रहँदै आए पनि यसपाली कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन क्वारेन्टाइनभित्रै घरकै धारामा स्नान र अघ्र्य दिइने ब्रतालुले बताएका छन् । छठमा पवित्र जलाशयमा घाट सजाउने मैथिल परम्परा यसपाली ‘लक डाउन’ले नहुने भएको हो ।

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर भोलि (मंगलबार) सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य  दिएपछि पर्व सम्पन्न गरिने छ । यसअघि पर्वको पहिलो दिन गत शनिबार ‘नहाय–खाय’, दोश्रो दिन आइतबार दिनभरि उपवास बसेर राती सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि ब्रतालुले सम्पन्न गरिसकेका छन् ।

शरद र बसन्त ऋतुमा गरि वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र बसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।

छठ पर्वमा ठकुवा, भुसुवा (कसार¬)सहितका मिष्टान्न परिकारसहित पाकेका केराको घरि र अन्य फलफूल तथा दहीसहितका सामग्री ब्रतालुले अर्घ्यका बेला सूर्यतर्फ देखाउने गर्छन् । चैती छठजस्तै चैत शुक्ल प्रतिपदासँगै शुरु भएको बासन्ती नवरात्र (चैते दशैं) पनि यसपाली सुनसान देखिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १० : ५० बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको