राष्ट्रपति प्रधानमन्त्री लगायतको तलब कटौती गरेर कोरोना भाइरस विरुद्धको लडाइँमा खर्च गरियोस् : लोहनी « Khabarhub

राष्ट्रपति प्रधानमन्त्री लगायतको तलब कटौती गरेर कोरोना भाइरस विरुद्धको लडाइँमा खर्च गरियोस् : लोहनी


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले कारोना भाइरस संक्रमण फैलन नदिन नौ बुँदे सुझाव दिएका छन्  

डा. लोहनीले सरकारले गरेको लकडाउनको समर्थन गर्दै राष्ट्रपतिदेखि मन्त्रीसम्मको तलबभत्त्ता २५ प्रतिशत कौटती गरि कोरोनाभाइरससँगको लडाईमा खर्च गर्न माग गरेका छन्  

यस्ता छन् डा. लाेहनीकाे नाै बुँदे सुझाव

. सरकारको लकडाउनको निर्णय सफल पारौं देबभित्र कोरोना भाइरस (कोभिड१९) रोक्ने यहि उपाय हो। यो देस भित्र बढ्यो भनेस्थिति अकल्पनीय हुनेछ त्यसैले सरकारी निर्णय पूरा लागू गरौं

. विदेशमा रहेका लाखौँ नेपालीबारे सरकारले ध्यान देओस् उनीहरु नेपाल फर्कनुपर्ने बाध्यात्मक परिस्थिति आए उनीहरुलाई कसरीब्यबस्थापन गर्नेबारे कार्यक्रम तयार गरियोस्

. देशभित्र तथा सहरी क्षेत्रमा रहेका मजदूरहरु (ज्यालादारी, रिक्सा चालक, असंगठित क्षेत्रमा कम गर्ने कामदारहरुका लागि कार्यक्रमतयार गरियोस्

. कृषिसँग जोडिएका उद्योग ब्यवसायहरु, जस्तै डेरी, कुखुरा उत्पादन, दाना उत्पादन, तरकारी उत्पादन आदिलाई कसरि बचाउने भन्नेबारे कार्यक्रम तयार गरियोस्

. पर्यटन उद्योगलाई कमसेकम एक वर्षसम्म सहुलियतको व्यवस्था गरियोस

. माननीय सांसदहरुले दिएको विकास रकम बन्द गरि उक्त रकम अहिलको समस्या समाधानका लागि प्रयोग गरियोस्

. राष्ट्रपति, प्रधानमन्त्री, माननीय सांसदहरु संबैधानिक अंगका सदस्य सबैको तलब तथा भत्ता २५ प्रतिशत कटौती गरि कोरोनभाइरससँगको लडाईमा खर्च गरियोस्

. निजि तथा सरकारी अस्पतालहरु, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालय समेत रहेको समिति बनाई औषधि उत्पादन, वितरण, तथा कोरोनसग लड्न बिभिन्न अस्पतालको ब्यबस्थापन बारे कार्यक्रम बनाएर लागु गरियोस्

. यो लडाईमा सफल हुन सरकारले भनेको कुरो गर्छ, जनतासँग झुटो बोल्दैन भ्रष्टाचार गर्दैन भन्ने कुरामा जनतामा विश्वास हुनुपर्दछ त्यसैले भ्रष्टाचारको कुरो बाहिर आँउदा तुरुन्त के भएको  हो स्पष्ट पार्नुपर्छ भ्रष्टाचारीलाई कारबाही गर्नुपर्दछ तब मात्र जनतालेसरकारलाई साथ दिन्छन्

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ११ : ३३ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय