कोरोना भाइरसको संक्रमण रोक्न स्थानीय तह मिले २ करोडको कोष खडा « Khabarhub

कोरोना भाइरसको संक्रमण रोक्न स्थानीय तह मिले २ करोडको कोष खडा


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माग्दी– कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि म्याग्दीका ६ वटा स्थानीय तहहरुले २ करोड २९ लाखको कोष बनाएका छन् ।

जिल्लाको बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका, मालिका गाउँपालिका र धैलागिरि गाउँपालिकाले छुट्टा छुट्टै रुपमा १ करोड ९ लाखको कोष बनाएका हुन् ।

बेनी नगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि ५० लाखको कोष स्थापना गरेको छ भने अन्नपूर्ण गाउँपालिकाले ७० लाखको र धवलागिरि गाउँपालिकाले ५० लाखको कोष स्थापना गरेको सम्बन्धित गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना विरुद्धको आकस्मिक कोषमा ३४ लाख जम्मा गर्नुका साथै प्रत्येक वडामा क्वारेन्टाइन समेत स्थापना गरेको छ । गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट गाउँपालिकाले ३४ लाखको कोष स्थापना गरेको हो ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको समितिको आकस्मिक बैठकले गाउँपालिकाबाट ३० लाख र अध्यक्ष भण्डारीको व्यक्तिगत ४ लाख गरि ३४ लाखको आकस्मिक कोष स्थापना गरिएको हो ।

गाउँपालिकाले विश्वव्यापी महामारीको रुप लिएको कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रमसंगै हरेक वडामा ५ बेड क्षमताको क्वारेनटाइन समेत निर्माण गर्ने भएको छ । ८ वटै वडामा क्वारेनटाइन बनाउनका लागि आवश्यक सामगी्र खरिद गरि तीन वटा टोली मार्फत सामान पुर्‍याउन थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले पनि कोभिड–१९ रोकथामका लागि २० लाखको कोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकामगरले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १२ : ०५ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक