बुटवलमा मृत्यु भएका व्यक्तिको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ « Khabarhub

बुटवलमा मृत्यु भएका व्यक्तिको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका युवामा कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएको छ ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । उनको अर्काे रिपोर्ट आउन भने बाँकी रहेको जनाइएको छ

पाल्पा घर भइ रुपेन्देहीको सैनामैना नगरपालिका बस्दै आएका ३४ वर्षीय बाबुराम थापाको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आइतबार मृत्यु भएको थियो ।

कोरोना संक्रमण भए नभएकोबारे परीक्षण गर्न केही दिन अगाडि नै उनको नमूना संकलन गरिएको भए पनि नतिना भने आएको थिएन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबार नै उनको नमूनाको परीक्षण गरेको थियो । नमूना परीक्षणको क्रममा नतिजा नेगेटिभ आएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ ।

थापा चैत ६ गते संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईबाट नेपाल आएका थिए । ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उनी चैत १३ गते अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १ : २६ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले