भारतीय सीमा क्षेत्रमा ३ सय नेपाली अलपत्र, महाकाली तरेर आएका व्यक्ति पक्राउ « Khabarhub

भारतीय सीमा क्षेत्रमा ३ सय नेपाली अलपत्र, महाकाली तरेर आएका व्यक्ति पक्राउ


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले सीमा बन्द गरेपछि भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीहरु महाकाली नदीमा पौडी खेलेर स्वदेश भित्रिन थालेका छन् ।

विभिन्न कामका लागि सीमावर्ती भारतीय बजारमा गएका करिब ३ सय नेपाली अहिले त्यहाँ अलपत्र परेका छन् ।

दार्चुला सदरमुकामसँगै जोडिएको सीमावर्ती भारतीय बजार धार्चुलामा अहिले करिब ३ सय नेपाल घर फर्किने प्रतिक्षामा बसेका छन् ।

महाकाली नदीको किनारमा बसेर ३ दिनदेखि घर फर्किने आसमा रहेका उनीहरु कुनै पहल नभएको भन्दै नदीमा पौडी खेल्दै स्वदेश छिर्न थालेका हुन् ।

पौडी खेल्न नसक्नेहरु भने भारतीय युवालाई महङ्गो मूल्य तिरेर ट्युवमा चढेर स्वदेश फर्किन थालेका छन् ।

महाकाली नदीमा पौडी खेलेर स्वदेश फर्किएका १ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको डिलाशैनी गाउँपालिका–१ घर भएका ४८ वर्षीय इन्द्रराज खत्री रहेका जनाइएको छ ।

प्रहरी नियन्त्रणमा रहेका खत्रीले प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई सीमापारि रहेका ३ सय नेपालीको समस्या सुनाउन आफू नदी तरेर आएको बयान दिएका छन् ।

सरकारले सीमामा अलपत्र परेका नेपालीको उद्दार गर्न निर्देशन दिइसकेपनि दार्चुलामा भने उद्दार गरेपछि राख्ने बासस्थान (क्वारेन्टाइन)को व्यवस्थापन गर्न समस्या भइरहेको बताइएको छ । जसकारण अहिले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्दार गरिएको छैन ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १ : १४ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक