पीपीई लगायत सुरक्षा उपकरण नपाएको भन्दै धरानका स्वास्थ्यकर्मी आन्दोलित « Khabarhub

पीपीई लगायत सुरक्षा उपकरण नपाएको भन्दै धरानका स्वास्थ्यकर्मी आन्दोलित


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

कोरोना भाइरस संक्रमणको उपचारमा खटिँदा प्रतिष्ठानले आवश्यक सुरक्षाका वस्तुहरु उपलव्ध नगराएको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

पीपीई लगायतका आवश्यक सामाग्रीहरु उपलव्ध नगराएको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

कोरोना संक्रमणको आशंका गरिएकाहरुको उपचारमा अग्रपंक्तिमा रहने नर्स तथा कर्मचारीहरुलाई अति आवश्यक पीपीई अर्थात पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट उपलब्ध नगराउँदा आफ्नो तथा परीवारकै स्वास्थ्य जोखिममा परेको स्टाफ नर्सहरुले बताएका छन् ।

आइतबार प्रतिष्ठानका कार्यवाहक उपकुलपतिलाई अत्यावश्यक सुरक्षा सामग्री उपलब्ध गराउन माग गर्दै उनीहरुले आफुहरु सामान्य मास्क लगाएर काम गरिरहेको बताएका छन् ।

प्रतिष्ठानका नर्सहरुले प्रतिष्ठानसमक्ष चाँडोभन्दा चाँडो पीपीई उपलब्ध गराउन माग गरेका छन् । उनीहरुले आफ्नो तथा परीवारको समेत स्वास्थ्य विमाको माग गरेका छन् ।

आइतबार उनीहरुले प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरुप्रसाद खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई लिखित निवेदन दिँदै सुरक्षा सामग्री उपलब्ध गराउन उनीहरुलर् माग गरे ।

प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.खनालले उपचारमा खटिइएका सबै स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामग्री उपलब्ध गराउन प्रतिष्ठान लागिपरेको भएपनि पीपीई सबैतिर अभाव भएकोले समस्या भइरहेको बताए ।

उनले सरकारसँग पीपीई माग गरिरहेको बताउँदै प्रतिष्ठानमा सुरक्षासामग्री आउने वित्तिकै कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई उपलब्ध गराउने बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ३ : ३९ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले