कोरोनाभाइरसको संक्रमण फैलिन नदिन ४१ हजार बढीको ‘कन्ट्याक्ट ट्रेसिङ’ « Khabarhub

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन ४१ हजार बढीको ‘कन्ट्याक्ट ट्रेसिङ’


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको जोखिम फैलिन नदिन सरकारले हालसम्म विदेशबाट आएका तथा उनीहरुको सम्पर्कमा रहेका  ४१ हजार बढीको कन्ट्याक्ट ट्रेसिङ गरेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सोमबार पत्रकार सम्मेलनमाफर्त सरकारले स्थानीय तहमा रहेका र विदेशबाट आएका तथा उनीहरुको सम्पकरमा रहेका ४१ हजार १ सय ४ जना व्यक्तिो नामावली तयार पारेको जानकारी दिएका हुन् ।

‘यो नामावाली बाहिरबाट आउनुभएका व्यक्तिहरुको ट्रेसिङ गरेर उहाँहरुको सबै विवरण अध्यावधिक गरिएको अवस्था छ,’ डा देवकोटाले भने, ‘यसले गर्दा भोलिका दिनमा उहाँहरुलाई कसैलाई पनि कुनै कोरोना सम्बन्धी लक्षण देखिएमा सम्पर्क गर्न र उपचारका लागि सहज हुनेछ ।’

स्वास्थ्य मन्त्रालयले विदेशबाट आउने अन्य व्यक्तिको नामावली संकलन गर्ने काम पनि जारी राखेको पनि प्रवक्ता देवकोटाले बताए ।

उनले पाटनमा मृत्यु भएका एक युवक र वीर अस्पतालमा मृत्यु भएका एक महिला र एक पुरुषको नमूना परीक्षणको काम भइरहेको पनि जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा हालसम्म ९ सय ९३ जनाको कोरोना संक्रमण परीक्षण गरिएको बताएका छन् ।

कोरोनाको विषयमा गरिने नियमित पत्रकार सम्मेलनमाफर्त मन्त्रालयका प्रवक्ता देवकोटाले नेपालमा हालसम्म ९ सय ९३ जनाको कोरोना परीक्षण गरिएको बताएका हुन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : ३१ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय