ललितपुर महानगरद्वारा पाटन अस्पताललाई स्वास्थ्य सामग्री प्रदान « Khabarhub

ललितपुर महानगरद्वारा पाटन अस्पताललाई स्वास्थ्य सामग्री प्रदान


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले नियमित सेवासँगै कोरोना संक्रमित बिरामीका लागि समेत जिम्मेवारीपूर्वक सेवा उपलब्ध गराइरहेको पाटन अस्पताललाई बिरामीको उपचार गर्दा प्रयोग हुने स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

ललितपुर महानगरपालिकालाई संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमबाट प्राप्त भएका सामानमध्ये केही पाटन अस्पताललाई प्रदान गरेको हो ।  पाटन अस्पताललाई ‘पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट्स’ (पीपीई) दश थान , फ्लायर दश हजार थान , मास्क एक हजार थान, पन्जा पाँच सय जोडी , स्यानिटाइजर लगायतका सामान अस्पताल पुगेर दिएको महानगरपालिकाले जनाएको छ ।

सामान हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले विषम परिस्थितिमा नियमित सेवासँगै कोरोना संक्रमित बिरामीका लागि समेत जिम्मेवारीपूर्वक सेवा उपलब्ध गराएकोमा अस्पताल परिवारलाई धन्यवाद दिए ।

अस्पतालमा आबद्ध चिकित्सक, नर्स, चिकित्साकर्मी र बिरामीको सेवामा अहोरात्र खटिनु भएकासम्पूर्ण व्यक्तिहरुको योगदानको उनले प्रसंशा गरे । मुलुकलाई अप्ठ्यारो परेको बेला संयमतापूर्वक पूरा गरेको जिम्मेवारी र पेशाप्रतिको प्रतिबद्धता अतुलनीय भएको बताए ।

महानगर प्रमुख महर्जनले ललितपुर महानगरपालिका स्वास्थ्य क्षेत्रलाई अझै मजबुत बनाउन पाटन अस्पतालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पाटन स्वास्थ्य प्रतिष्ठानका उपकूलपति प्रा.डा. भरत यादवले बिरामीको उपचार गर्दा चिकित्सकलागि आवश्यक पर्ने सामान प्रदान गरेकोमा महानगरलाई धन्यवाद दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ४१ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई