क्वारेन्टाइनलाई व्यवस्थित बनाउन उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक : राजपा « Khabarhub

क्वारेन्टाइनलाई व्यवस्थित बनाउन उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक : राजपा


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) ले कोरोना भाइरसविरुद्ध लड्न र क्वारेन्टाइनलाई व्यवस्थित बनाउन उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक रहेको बताएको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले क्वारेन्टाइनलाई व्यवस्थित बनाउन उच्चस्तरीय सर्वदलिय संयन्त्र निर्माण गर्न सरकारसँग माग गरेका हुन् ।

भण्डारीले आज प्रेस विज्ञप्ति जारी गर्दै केन्द्र, प्रदेश र स्थानीय तहमा त्यस्तो संयन्त्र चाहिने, जसमा राजनीतिक दल, विशेषज्ञ, स्वास्थ्यकमी, पत्रकार महासंघ,उद्योग बाणिज्य महासंघ, नागरिक समाज र सामाजिक संघसंस्थालाई समेत सहभागि गराईनु पर्ने उल्लेख गरेका छन् ।

उनले संक्रमण रोकथामका लागि खुला सिमाना र विदेशबाट नेपाल आएका र आउने नेपालीहरुको वडास्तरमै यकिन गरी क्यारेन्टाइनमा राखिनुपर्ने माग गरेका छन् ।

क्वारेनटाइन नियमित स्यानिटाईज्ड गरिनुपर्ने, त्यसका लगि आवश्यक सामाग्री सरकारले उपलव्ध गराउनु पर्ने, उपभोग्य सामाग्री वडास्तरमै उपलव्ध गराउनुपर्ने,विपन्न, दलित, दैनिक ज्यालादारी गरी गुजारा गर्नेहरुलाई राहतको व्यवस्थागर्नुपर्ने, ६० बर्ष उमेरका सामान्य कसुरमा सजय भोगिरहेकालाई प्रकृया पुर्‍याएर छाड्नुपर्ने माग पनि राजपाले गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १ : ३३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित