क्वारेन्टाइनलाई व्यवस्थित बनाउन उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक : राजपा | Khabarhub Khabarhub

क्वारेन्टाइनलाई व्यवस्थित बनाउन उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक : राजपा


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) ले कोरोना भाइरसविरुद्ध लड्न र क्वारेन्टाइनलाई व्यवस्थित बनाउन उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक रहेको बताएको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले क्वारेन्टाइनलाई व्यवस्थित बनाउन उच्चस्तरीय सर्वदलिय संयन्त्र निर्माण गर्न सरकारसँग माग गरेका हुन् ।

भण्डारीले आज प्रेस विज्ञप्ति जारी गर्दै केन्द्र, प्रदेश र स्थानीय तहमा त्यस्तो संयन्त्र चाहिने, जसमा राजनीतिक दल, विशेषज्ञ, स्वास्थ्यकमी, पत्रकार महासंघ,उद्योग बाणिज्य महासंघ, नागरिक समाज र सामाजिक संघसंस्थालाई समेत सहभागि गराईनु पर्ने उल्लेख गरेका छन् ।

उनले संक्रमण रोकथामका लागि खुला सिमाना र विदेशबाट नेपाल आएका र आउने नेपालीहरुको वडास्तरमै यकिन गरी क्यारेन्टाइनमा राखिनुपर्ने माग गरेका छन् ।

क्वारेनटाइन नियमित स्यानिटाईज्ड गरिनुपर्ने, त्यसका लगि आवश्यक सामाग्री सरकारले उपलव्ध गराउनु पर्ने, उपभोग्य सामाग्री वडास्तरमै उपलव्ध गराउनुपर्ने,विपन्न, दलित, दैनिक ज्यालादारी गरी गुजारा गर्नेहरुलाई राहतको व्यवस्थागर्नुपर्ने, ६० बर्ष उमेरका सामान्य कसुरमा सजय भोगिरहेकालाई प्रकृया पुर्‍याएर छाड्नुपर्ने माग पनि राजपाले गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १ : ३३ बजे

प्रधानमन्त्री तुर्कमेनिस्तान जाँदै, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३

सिञ्जाका एक हजार ५०० घरको बिमा

जुम्ला– यहाँको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका करिब एक हजार ५४५ घरको

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

काठमाडौं – काठमाडौँको कोटेश्वरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

उद्यमीलाई प्रधानमन्त्रीले भने- हाम्रो देश हामीले नै बनाउने हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान्

‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

पाटन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन