केकी भन्छिन् – आफूलाई शान्त राख्न पाइएको छ « Khabarhub

केकी भन्छिन् – आफूलाई शान्त राख्न पाइएको छ


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारी यतिबेला सेल्फ क्वारेन्टाइनमा बसिरहेकी छिन् । सेल्फ क्वारेन्टाइनका बेलामा घरमै बसेर उनले आफ्नो समयको सदुपयोग गरेकी छिन् ।

उनी सामाजिक सञ्जालमा पनि उत्तिकै एक्टिभ छिन् । फुर्सद हुँदा फेसबूक लाइभमार्फत आफ्ना कुरा शेयर गर्ने गर्छिन् । घरमा बस्दा पुस्तक पढेको बताउने केकी यो क्वारेन्टाइनमा आफूले सोच्ने फुर्सद पाएको बताउँछिन् । भन्छिन् – ‘सधै हतार भइरहन्थ्यो । यतिबेला आफूलाई शान्त राख्न पाइएको छ ।’

‘हामी सधै हतारमा हुन्थ्यौं, अहिले भने धेरै कुरा सोच्ने मौका पाएका छौं, अब त घरबाट निस्किने बेलामा हामीले पृथ्वीकै बारेमा पनि सोच्छौं होला,’ केकी भन्छिन् ।

आफू घरमा हुँदा किचनको काम खासै नगर्ने तर यतिबेला भने किचनमा पनि काम गरिरहेको केकी बताउँछिन् । भन्छिन्, ‘मैले किचनको काम खासै गर्दिनथें, अहिले किचनमा पनि काम गरिरहेकी छु ।’

केकी सरकारको आह्वानलाई स्वागत गर्दै सबैलाई क्वारेन्टाइनमा रहन अनुरोध गर्छिन् । उनी भन्छिन्, ‘यतिबेला घरबाहिर निस्किने समय होइन, बरु घरमै बसेर आफ्ना लागि के गर्न सकिन्छ, त्यो गर्नुस् ।’

सेल्फ क्वारेन्टाइनमा रहेकी केकी आफ्नो दैनिकी सामािजक सञ्जालका माध्यमबाट फ्यानमाझ शेयर गरिरहेकी हुन्छिन् । फिल्म ‘परदेशी २’ को छायांकन स्थगित भएपछि काठमाडौं आएकी केकी घरमै बसिरहेकी छिन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  २ : ११ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६