केकी भन्छिन् – आफूलाई शान्त राख्न पाइएको छ « Khabarhub

केकी भन्छिन् – आफूलाई शान्त राख्न पाइएको छ


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारी यतिबेला सेल्फ क्वारेन्टाइनमा बसिरहेकी छिन् । सेल्फ क्वारेन्टाइनका बेलामा घरमै बसेर उनले आफ्नो समयको सदुपयोग गरेकी छिन् ।

उनी सामाजिक सञ्जालमा पनि उत्तिकै एक्टिभ छिन् । फुर्सद हुँदा फेसबूक लाइभमार्फत आफ्ना कुरा शेयर गर्ने गर्छिन् । घरमा बस्दा पुस्तक पढेको बताउने केकी यो क्वारेन्टाइनमा आफूले सोच्ने फुर्सद पाएको बताउँछिन् । भन्छिन् – ‘सधै हतार भइरहन्थ्यो । यतिबेला आफूलाई शान्त राख्न पाइएको छ ।’

‘हामी सधै हतारमा हुन्थ्यौं, अहिले भने धेरै कुरा सोच्ने मौका पाएका छौं, अब त घरबाट निस्किने बेलामा हामीले पृथ्वीकै बारेमा पनि सोच्छौं होला,’ केकी भन्छिन् ।

आफू घरमा हुँदा किचनको काम खासै नगर्ने तर यतिबेला भने किचनमा पनि काम गरिरहेको केकी बताउँछिन् । भन्छिन्, ‘मैले किचनको काम खासै गर्दिनथें, अहिले किचनमा पनि काम गरिरहेकी छु ।’

केकी सरकारको आह्वानलाई स्वागत गर्दै सबैलाई क्वारेन्टाइनमा रहन अनुरोध गर्छिन् । उनी भन्छिन्, ‘यतिबेला घरबाहिर निस्किने समय होइन, बरु घरमै बसेर आफ्ना लागि के गर्न सकिन्छ, त्यो गर्नुस् ।’

सेल्फ क्वारेन्टाइनमा रहेकी केकी आफ्नो दैनिकी सामािजक सञ्जालका माध्यमबाट फ्यानमाझ शेयर गरिरहेकी हुन्छिन् । फिल्म ‘परदेशी २’ को छायांकन स्थगित भएपछि काठमाडौं आएकी केकी घरमै बसिरहेकी छिन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  २ : ११ बजे

रजनीकान्तको जेलर २ सिक्वेलमा विद्या बालन अनुबन्धित

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म जेलर बक्स अफिसमा ठूलो

चितवन पुगे रवि, सडकमार्गबाट भैरहवा लगियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै

खुला केन्द्रीय सदस्यमा मात्रै उठेर जित्ने पोखरेल पक्षका एक्ला नेता झपट रावल

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली झन्

एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको

स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

काठमाडौं– सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने तथा दिगो विकास