कोरोनाभाइरसका कारण मौका नजुरेको नेपाली फुटबलको ऐतिहासिक अवसर « Khabarhub

कोरोनाभाइरसका कारण मौका नजुरेको नेपाली फुटबलको ऐतिहासिक अवसर


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मार्च ३१ । कोरोना भाइरस (कोभिड १९)ले विश्वव्यापी महामारीको रुप नलिएको भए सायद खेलकुदका गतिविधि बन्द हुँदैन थिए । आज बेलुकी राजधानी काठमाडौं फुबटलको माहौलमा रमिरहेको हुन्थ्यो ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोटको अस्ष्ट्रेलियासँको एतिहासिक खेल आज दशरथ रंगशालामा हुने तय थियो । अस्ट्रेलियासँगको खेल भएको भए रंगशाला वरिपरीदेखि राजधानी नै फुटबल मय बन्ने निश्चितथियो ।

अस्ट्रेलिया एसियन कन्टिनेन्टमा भए पनि नेपालको तुलनामा निकै बलियो राष्ट्र हो । उसले फिफा विश्वकप २०१८ समेत खेलेको थियो । नेपालले अस्ट्रेलियासँग घरेलु मैदानमा पहिलो पटक खेल्ने अवसर पाएको थियो ।

अस्ट्रेलिया छुट्टै महादेशको भए पनि २००६ मा एएफसीको सदस्यता पाएको थियो । त्यसपछि उसले लगातार एसियाली क्षेत्रबाट खेल्दै आएको छ ।

अस्ट्रेलिया एसियाली क्षेत्रमा जापान पछिको दोस्रो बलियो टोली पनि  हो ।

नेपाल र अस्ट्रेलियाबीच यसअघि अस्ट्रेलियाको घरेलु मैदानमा पहिलो लेगको खेल भएको थियो । जसमा नेपाल ५–० गोल अन्तरले घरेलु टोलीसँग पराजित भएको थियो ।

अस्ट्रेलिया विश्वकप खेलीसकेको टोली हो । तर, पनि उसको घरेलु मैदानमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्दै कम गोल अन्तरमा खेल टुङ्ग्याएका थिए ।

नेपाली फुटबल प्रेमीहरुले लामो समयदेखि घरेलु मैदानमा यस्ता ठूला प्रतियोगिता प्रत्यक्ष हेर्न पाएका छैनन् । मंसिरमा दक्षिण एसियाली खेलकुद हुँदा उमेस समूहको टोलीले स्वर्ण पदक उचाल्दा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।

विश्वकप छनोट अन्तरगत नै मार्च २५ मा नेपालले चाइनिज ताइपेइसँग काठमाडौंमा खेल्ने पनि तय थियो । विश्वकप छनोटका खेल त्यो पनि अस्ट्रेलियासँगको खेलका लागि नेपाली समर्थकहरु निकै उत्साहित थिए ।

तर, अप्रत्याशित रुपमा कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिँदा फिफा र एएफसीले विश्वकप छनोट अन्तरगतका सबै खेल अनिश्चितकालका लागि स्थगित गरेको छ ।

अहिले विश्वकप छनोटको मात्रै होइन विश्वभरका फुटबल सबै गतिविधि समेत स्थगित छन् ।

यही बीचमा नेपाली टोलीले इङ्ग्ल्यान्डको सी टिमसँग मे महिनामा मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो । तर त्यो पनि तत्कालका लागि टरेको छ ।

नेपाल पछिल्लो समय सन् १९८९ मा युरोप गएको थियो । ३१ वर्षसम्म युरोपको यात्रा नजुरेको नेपालका लागि यो वर्ष एतिहासिक अवसर मिलेको थिया । तर, कोरोना भाइरसकै कारण त्यो पनि एक वर्षका लागि टरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ८ : ४६ बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व