विदेशमा स्वास्थ्य उपकरण निर्यात गर्न चीनले ल्यायो नयाँ नियम « Khabarhub

विदेशमा स्वास्थ्य उपकरण निर्यात गर्न चीनले ल्यायो नयाँ नियम


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले स्वदेशमै खपत हुनेगरी कोरोना भाइरसको परीक्षण किट उत्पादनको अनुमति नलिएका कम्पनीहरुद्वारा उत्पादित स्वास्थ्य उपकरण विदेश निर्यातमा प्रतिबन्ध लगाएको छ ।

चीनमा खपत गर्नका लागि उपकरण बनाउने अनुमति नभएका कम्पनीहरुलाई विदेशमा स्वास्थ्य उपकरण निर्यात गर्न चीनले प्रतिबन्ध लगाएको हो ।

विभिन्न युरोपेली मुलुकहरुमा पठाइएका यस्ता उपकरण गुणस्तरहीन भएको समाचार आएसँगै चीनले प्रतिबन्धको घोषणा गरेको हो ।

चीनको वाणिज्य मन्त्रालय, भन्सार प्रशासन र राष्ट्रिय मेडिकल उत्पादन प्रशासनले संयुक्त विज्ञप्ति जारी गर्दै परीक्षण किट, मास्क, पीपीई, भेन्टिलेटर र इन्फ्रारेड थर्मोमिटर निर्यात गर्न चाहने सबै कम्पनीहरुलाई नयाँ नियम लागू हुने उल्लेख गरेका छन् ।

यसअघि चीनका निर्यातकताहरुले युरोपेली आर्थिक क्षेत्रमा यस्ता सामान पठाउँदा मानिसहरुको स्वास्थ्य र सुरक्षा मापदण्ड पूरा गरी सीई गुणस्तर चिह्न लिनुपर्ने प्रावधान थियो ।

केही समयअघि स्पेन, नेदरल्याण्ड्स, चेक गणतन्त्र लगायतका मुलुकले चीनबाट आयात गरिएका स्वास्थ्य उपकरणले गलत नतिजा दिएको बताएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ४ : ४३ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध