खाद्य तथा राहत वितरणमा मापदण्ड बनाउँदै सरकार « Khabarhub

खाद्य तथा राहत वितरणमा मापदण्ड बनाउँदै सरकार


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका अवधिमा वितरण गरिने खाद्य तथा दैनिक उपभोग्य वस्तुसम्बन्धी राहत सामग्री वितरणमा मापदण्ड बनाइने भएको छ ।

घरमै सीमित हुने आदेशका कारण दैनिक आय गरी जीवनयापन गर्ने तथा विपन्न वर्गका उपभोक्तालाई अत्यावश्यक खाद्यवस्तु सहज रुपमा एकै किसिमको मापदण्ड बनाई उपलब्ध गराइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

उद्योगमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी तथा काठमाडौं, ललितपुर र मध्यपुरथिमिका प्रमुखहरुको बैठकले काठमाडौँ उपत्यका र बाहिरका स्थानीय तहले एकै मापदण्डानुसार दैनिक उपभोग्य सामग्रीको बिक्रीवितरण गर्ने निर्णय गरेको हो ।

उद्योग मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार बुधबारको बैठकले काठमाडौं उपत्यकाभरि एकै रुपका खाद्य सामग्रीको मापदण्ड तयार गरी नगरपालिकाहरुले सोही मापदण्डबमोजिम राहत वितरण गर्ने तथा नगरपालिकाको मागका आधारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सो बमोजिमको खाद्य सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै राहत वितरणको व्यवस्था सम्बन्धित वडाले संकलित तथ्यांकका आधारमा गर्ने र उपत्यका बाहिरका स्थानीय तहले समेत सोही मापदण्डलाई आधार मानी राहत वितरणको व्यवस्था गर्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ७ : ०५ बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित