अमेरिकी राजदूत बेरीले गरे नेपाल सरकारको प्रशंसा « Khabarhub

अमेरिकी राजदूत बेरीले गरे नेपाल सरकारको प्रशंसा


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्‍यान्‍डी बेरीले नेपाल सरकारको प्रशंसा गरेका छन् ।

संकटको समयमा पनि अमेरिकी नागरिकको उद्धारमा सहयोग गरेको भन्दै बेरीले नेपाल सरकारलाई धन्यवाद दिदै प्रशंसा गरेका हुन् । तीन सय दुई जना अमेरिकी नागरिकलाई स्वदेश फिर्ता गरेपछि उनले एक भिडियो सन्देश जारी गर्दै नेपाली जनताले आतिथ्य सत्कारको असाधारण दृष्टान्त प्रदर्शन गरेको भन्दै उच्च प्रशंसा गरेक छन् ।

राजदूत बेरीले पर्यटक अलपत्र पर्दा नि:शुल्क खानाको व्यवस्थापन गर्ने व्यवसायी, पर्यटक सकुशल काठमाडौं नफर्काएसम्म साथ नछाडेका सहयोगी गाइडलाई पनि धन्यवाद दिएका छन् ।

नेपालसँगको ७० वर्षको साझेदारीको यसअघिको दृष्टान्तझैं यस पटक पनि आफूहरु सहकार्यमार्फत् सफल भएको राजदूत बेरीले बताएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : २० बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम