हेटौंडाबाट पनि आजदेखि कोरोना भाइरसको परीक्षण हुँदै « Khabarhub

हेटौंडाबाट पनि आजदेखि कोरोना भाइरसको परीक्षण हुँदै


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजदेखि बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरसको परीक्षण सुरु हुने भएको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज सन्देश जारी गर्दै हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट आज बिहान १० बजेदेखि संकलित नमूनामा कोरोना संक्रमण परीक्षण सुरु हुने जानकारी दिएका हुन् ।

उक्त ल्याबबाट प्रत्येक दिन ७५ वटा सम्म नमूनाहरु परीक्षण गर्न सकिने पौडेलले बताएका छन् ।

मुख्यमन्त्री पौडेलले संसार कोरोनाको त्रास भइरहेको बेला नेपाल सरकारले चालेको दूरदर्शी तथा सबैभन्दा प्रभावकारी कदमका कारण देशमा कोरोना भित्रिएर पनि फैलनबाट रोकिरहेको दावी गरेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ९ : ०५ बजे

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।