कपनका रोहिंग्यालाई व्यवसायी बस्नेतको सहयोग « Khabarhub

कपनका रोहिंग्यालाई व्यवसायी बस्नेतको सहयोग


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कपनमा बस्दै आएको ७१ परिवार म्यान्मारका रोहिंग्यालाई व्यवसायी सुदर्शन बस्नेतले राहत सामग्री वितरण गरेका छन् ।

नेपाल सरकारले शरणार्थी मान्यता नदिएका रोहिंग्याहरूलाई सरकारले गरेको लकडाउनका कारण दैनिक जीवन चलाउन खानाको अभाव भएको सूचना पछि बस्नेतले खाद्यान्नसहित राहत सामग्री वितरण गरेका हुन् ।

बस्नेतले प्रति परिवार पाँच केजी चामल, एक केजी दाल, १० प्याकेट बिस्कुट र नुहाउने साबुन वितरण गरेका हुन् । राहत सामग्री वितरण गर्दै बस्नेतले भने, ‘८६ जना बालबालिका समेत रहेको रोहिंग्या समुदायमा खाद्यन्नको अभाव भएको थाहा पाएपछि व्यक्तिगत खर्चमा खाद्यन्न वितरण गरेको हो ।’

बस्नेतले मानवअधिकारकर्मी मोहना अन्सारीलगायतको उपस्थितिमा सामान वितरण गरेका थिए ।

रोहिग्या शरणार्थी आयुष आलाम र रदिफ आलमलगायतमार्फत उनले राममन्दिर क्याम्पमा रहेका ७१ परिवारका लागि राहत वितरण गरेका हुन् । अहिले कपनमा ७१ परिवारमा ३५५ जना रोहिंग्या बस्दै आएका छन् । जसमा ८६ जना बालबालिका समेत छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १० : १९ बजे

भीरबाट लडेर वडासदस्यको मृत्यु

गोदावरी– चुरे गाउँपालिका–५ भासु गाउँमा भीरबाट लडेर वडासदस्यको मृत्यु भएको

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र