नेपालीलाई सीमानामा राख्नु अमानवीय : श्रेष्ठ « Khabarhub

नेपालीलाई सीमानामा राख्नु अमानवीय : श्रेष्ठ


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सिमानामा नेपालीलाई अलपत्र राख्नु गैरजिम्मेवारी भएको बताएका छन् ।

उनले अलपत्र परेकालाई तत्काल विशेष क्वारेन्टाइनमा राख्नु पर्ने बताए ।

बिहिबार सामाजिक सञ्जाल मार्फत प्रवक्ता श्रेष्ठले सिमानामा आइसकेकालाई देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै नसक्ने बताए ।

उनले लेखेका छन्, नेपालभित्र प्रबेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय ,गैरजिम्मेवार र दुखद् हो।उनीहरुलाई क्वारान्टिनमा राख्न कसैको आदेश चाहिदैन।तत्काल बिषेश क्वारानटिनमा राखौं।’

प्रवक्ता श्रेष्ठले सिमामा अलपत्र परेका नेपाली देशभित्र ल्यमउन व्यवहारीक रूपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुल्ला आकाशमुनी राख्न नहुने  जिकिर गरेका छन्।

उनी लेख्छन्, नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन। सुन्नै नसकिने यो कुरा सँघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्यख्या गरेको? हुनै सक्दैन।’

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको त्रासले सरकारले सिमा नाका बन्द गरेपछि रोजगारीका लागि भारत गएका नेपाली अलपत्र परेका छन् । उनीहरुले आफुहरुलाई घर जान दिनुपर्ने माग राख्दै नारावाजिसमेत गरेकाछन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ११ : ०५ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ