प्रदेश-१ मा ५९ जनाको नमूना संकलन, ४२ जनाको रिपोर्ट नेगेटिभ « Khabarhub

प्रदेश-१ मा ५९ जनाको नमूना संकलन, ४२ जनाको रिपोर्ट नेगेटिभ


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस कोभिड १९ को  परीक्षणका लागि विहीबारसम्म ५९ जनाकाे नमूना संकलन गरिएको छ ।

बिहीबार प्रदेश एकको विभिन्न स्थानबाट शंकास्पद ५ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार सोलुखुम्बुबाट ३ र ओखलढुंगाबाट २ जनाको स्वाब संकलन गरिएको हो। यससंगै प्रदेश एकमा हालसम्म ५९ जनाको स्वाब संकलन गरिएको र त्यसमा ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

भाइरसको शंकास्पद ४५ जना पुरुष र १४ जनाको नमूना संकलन गरिएको डा. मेहताले जानकारी दिए।

डा. मेहताका अनुसार हालसम्म कोरोना भाईरसका शंकास्पद १ सय ८८ जना विरामीले अस्पतालमा नाम दर्ता गराएका छन्।

जसमा सुनसरीबाट १ सय ६९, मोरङ, झापा र सोलखम्वुुबाट समान पाँच, उदयपुर र पाँचथरबाट समान दुइजनाले नाम दर्ता गराएका हुन्।

त्यसैगरी हालसम्म प्रदेशमा ६ जना पुरुष र ५ जना महिला गरि कुल ११ जना आईसोलेसनमा भर्ना भएका छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ०२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना