चीनमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु, २३ जनामा कोरोनाको संक्रमण « Khabarhub

चीनमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु, २३ जनामा कोरोनाको संक्रमण


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीन भने घट्दै गएको छ । केही दिन शून्यको अवस्थामा झरेको चीनमा पुनः केही घटनाहरु देखिन थालेका छन् ।

चीनमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ हजार ३१८ पुगेको छ ।

चीनमा एकैदिन ३५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८१ हजार ५८९ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर हाल यूरोपियन मुलुक हुँदै अमेरिकामा तीव्र देखिएको छ ।

चीनमा संक्रमितमध्ये ७६ हजार ४०८ जना उपचारपछि निको भएका छन् । ४२९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भन १ हजार ८६३ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ७ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२ हजार ९ सय ८२ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १० लाख १४ हजार २ सय ९६ पुगेको छ । एकै दिन ७९ हजार १ सय जनामा संक्रमण देखिएको जनाइएको छ ।

संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ३८ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र