अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो पटक कोरोना परीक्षण, रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो पटक कोरोना परीक्षण, रिपोर्ट नेगेटिभ


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डिसी– संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक कोरोना भाइरस (कोभिड १९) को परीक्षण गराएका छन् । दोस्रो पटकको परीक्षणमा पनि ट्रम्पलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा नेगेटिभ (नकारात्मक) आएको जानकारी दिए । उनले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तिब्र परीक्षण प्रविधि प्रयोग गरिएको बताए ।

फिजिसियन कोन्लेले राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको पनि जानकारी दिए । कोरोनाभाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको पनि बताए । यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरुलाई अरु बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो ।

संयुक्तराज्य अमेरिका अहिले कोरोनाभाइरसको संक्रमणका दृष्टिले सर्वाधिक खतरापूर्ण अवस्थामा पुगेको छ । अमेरिकामा ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख २५ हजारभन्दा बढी संक्रमित भएका छन् । बुधबार एकैदिन अमेरिकामा १ हजार संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  २ : ३९ बजे

सचिवहरूको स्वार्थमा प्रधानमन्त्रीले संसद्‍मा अड्काइदिए निजामती सेवा विधेयक

काठमाडौं– पूर्वमुख्य सचिव विमल कोइरालाले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा

रास्वपालाई सभामुखको आग्रह- प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्नू

काठमाडौं – सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रधानमन्त्रीसँगको

लुम्बिनी सरकारको बजेट विनियोजनप्रति कांग्रेस असन्तुष्ट

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा न्यायोचित ढंगले बजेट

औलोका सात जना बिरामी भेटिए

चितवन– चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका बिरामी

ग्वार्को ओभरपास रिबन काट्न तयार (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ग्वार्कोमा बनेको ओभरपास अन्तत: सवारीचालकले प्रयोग गर्न पाउने