नेता थापाले भने- राहत पाइन्छ भन्दैमा चुल्हो निभेकाहरुप्रति अन्याय नगरौं | Khabarhub Khabarhub

नेता थापाले भने- राहत पाइन्छ भन्दैमा चुल्हो निभेकाहरुप्रति अन्याय नगरौं


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले नेपालमा काेरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणका लागि सबै सचेत हुनुपर्ने  बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. ३० मा राहत वितरणको प्रारम्भ गर्दै उनले यो विपद्को अवस्थामा सवैले सम्यमता अपनाउन आग्रह गरेका हुन् ।

उनले सरकारले लागू गरेको लकडाउनलाई उल्लंघन नगरी घरमै बसरे सावधानी अपनाउन समेत अनुरोध गरेका छन् ।

उनले लकडाउनका कारण ज्याला मजदुरी गर्नेहरुलाई छाक टार्न अफ्ट्यारो परेको अवस्थामा उनीहरुको भाग खोसेर नलिइ सहयोग गरिदिन समेत आग्रह गरेका छन् । उनले दिन सक्नेले आ-आफ्नो क्षेत्रबाट दिएर सहयाेग गर्न समेत अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- “यो बेला अप्ठ्यारोमा नपर्ने को नै होला र? तर छाक टार्न सकिरहेकोले पनि राहत लिन हात थाप्ने हो भने जसको चुलो निभेको छ उनीहरू प्रति अन्याय हुन्छ त्यसैले यो विपत्तिमा दिन सक्नेले दिएर मद्दत गरौँ, लिन नपर्नेले नलिएर मद्दत गरौँ ।”

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ५७ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि