नेता थापाले भने- राहत पाइन्छ भन्दैमा चुल्हो निभेकाहरुप्रति अन्याय नगरौं « Khabarhub

नेता थापाले भने- राहत पाइन्छ भन्दैमा चुल्हो निभेकाहरुप्रति अन्याय नगरौं


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले नेपालमा काेरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणका लागि सबै सचेत हुनुपर्ने  बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. ३० मा राहत वितरणको प्रारम्भ गर्दै उनले यो विपद्को अवस्थामा सवैले सम्यमता अपनाउन आग्रह गरेका हुन् ।

उनले सरकारले लागू गरेको लकडाउनलाई उल्लंघन नगरी घरमै बसरे सावधानी अपनाउन समेत अनुरोध गरेका छन् ।

उनले लकडाउनका कारण ज्याला मजदुरी गर्नेहरुलाई छाक टार्न अफ्ट्यारो परेको अवस्थामा उनीहरुको भाग खोसेर नलिइ सहयोग गरिदिन समेत आग्रह गरेका छन् । उनले दिन सक्नेले आ-आफ्नो क्षेत्रबाट दिएर सहयाेग गर्न समेत अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- “यो बेला अप्ठ्यारोमा नपर्ने को नै होला र? तर छाक टार्न सकिरहेकोले पनि राहत लिन हात थाप्ने हो भने जसको चुलो निभेको छ उनीहरू प्रति अन्याय हुन्छ त्यसैले यो विपत्तिमा दिन सक्नेले दिएर मद्दत गरौँ, लिन नपर्नेले नलिएर मद्दत गरौँ ।”

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ५७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित