स्वास्थ्य सामग्रीमा भएको अनियमितको निस्पक्ष छानविन गर्न राजपाको माग | Khabarhub Khabarhub

स्वास्थ्य सामग्रीमा भएको अनियमितको निस्पक्ष छानविन गर्न राजपाको माग


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनता पार्टी राजपाले कोरोना भाइरस रोकथामका लागि ल्याइएका स्वास्थ्य उपकरण तथा सामग्रीमा भएको अनियमितताको निस्पक्ष छानबिन गरी संलग्नलाई कारबाहीको माग गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेलाई कारबाही गर्नसमेत माग गरेका छन्।

‘यस्तो महामारीको बेलामा पनि सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामग्री अहिलेसम्म पनि पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नु दुःखद र गैरजिम्मेवारीको परकाष्ठा हो,’ भण्डारीले भनेका छन्, ‘खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचारको खबरले जनमानसमा अत्यन्तै खराब सन्देश गएकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछौं।’

नेपाल-भारत सीमानाकामा नेपाली नागरिक अलपत्र परेकाले तत्काल नागरिकहरूलाई स्वदेश ल्याउने र स्वास्थ्य परीक्षण शंकास्पदलाई क्वारेन्टाइनमा राख्नसमेत राजपाले माग गरेको छ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ७ : ४९ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि