इंग्लिस प्रिमियर लिग क्लबले खेलाडीको ३० प्रतिशत तलब कटौति गर्न आग्रह गर्ने | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग क्लबले खेलाडीको ३० प्रतिशत तलब कटौति गर्न आग्रह गर्ने


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग क्लबहरुले खेलाडीसँग ३० प्रतिशत पारिश्रमिक कटौतिका लागि आग्रह गर्ने भएका छन्।

यस्तै सुरक्षित र उपयुक्त नठानिएसम्म रोकिएका लिगका खेलहरु शुरु नगर्ने पनि प्रिमियर लिग क्लबहरुबीच सहमति बनेको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण प्रिमियर लिगका खेलहरु अहिले स्थगित छन्।

खेल स्थगित हुँदा क्लबलाई परेको आर्थिक भार कम गरी खेलाडी बाहेकका कर्मचारीहरुलाई तलब खुवाउन सहज होस् भन्ने उद्देश्यले क्लबहरुले खेलाडीसँग ३० प्रतिशत पारिश्रमिक कटौतिका लागि आग्रह गर्ने भएका हुन् ।

शुक्रकार प्रिमियर लिग क्लबहरुबिच भएको भिडियो कन्फ्रेन्स मार्फतको बैठकमा यस्तो सहमति बनेको हो । क्लबहरु सबै लिग र कपका खेलहरु पूरा गर्ने पक्षमै छन् ।

प्रिमियर लिगको यो सिजन मेको शुरुमा पुनः शुरु हुने सम्भावना नरहेको र उपयुक्त लागेको समयमा मात्रै निर्णय गरिने क्लबहरुले बताएका छन्।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ६ : २३ बजे

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण