अमेरिकामा एकैदिन १ हजार ३२० को मृत्यु, ३२ हजार बढी नयाँ संक्रमित « Khabarhub

अमेरिकामा एकैदिन १ हजार ३२० को मृत्यु, ३२ हजार बढी नयाँ संक्रमित


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ३२० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ३९१ पुगेको छ ।

अमेरिकामा एकैदिन ३२ हजार ०८८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ९६५ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ ।

अमेरिकामा संक्रमितमध्ये १२ हजार २८३ जना उपचारपछि निको भएका छन् । ५ हजार ७८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने २ लाख ५७ हजार २९१ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ९७२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५९ हजार १४० पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १० लाख ९७ हजार ८१० पुगेको छ । एकै दिन ८२ हजार ७४५ जनामा संक्रमण देखिएको जनाइएको छ ।

संक्रमितमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ६ : ३८ बजे

पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका

हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ

मकवानपुर– हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई

विचार र कार्यक्रममा छलफल गर्न नपाइने एमालेको महाधिवेशन

काठमाडौं– राजनीतिक दल तथा संगठनको महाधिवेशन भनेको सामान्यतया विकसित सन्दर्भमा

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

तेल अभिभ- इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग