जर्मनीमा दुईभन्दा बढी मानिस एकै ठाउँ उभिए ५ सय युरो जरिवाना | Khabarhub Khabarhub

जर्मनीमा दुईभन्दा बढी मानिस एकै ठाउँ उभिए ५ सय युरो जरिवाना


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्‍वभर कोरोना भाइरस (कोभिड-१९) को त्रास फैलिइरहँदा जर्मनीमा विशेष सावधानी अपनाइने भएको छ । अब सडकमा दुईभन्दा बढी मानिस उभिए ५ सय युरो जरिवाना तिर्नु पर्नेछ। यो नियम हिजो (तीन अप्रिल)देखि लागू भएको हो ।

जर्मनीकी चान्सलर एङगेला मर्केलले जनतालाई घर नछाड्न आदेश दिँदै यस्तो जानकारी गराएकी हुन्। किराना पसल र मेडिकलमा भने यो लागू हुने छैन।

यसका साथै जर्मन सरकारले मानिसहरुलाई पाँच फिटको सामाजिक दूरी कायम गर्न भनेको छ भने दुईभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध गरेको छ।

यस्तै त्यहाँका १६ स्थानीय सरकारहरुले पनि सोही नियमको पालना गराउन आफ्नो स्थानीय निकायमा जानकारी गराएका छन्।

जर्मनीको सबैभन्दा ठूलो राज्‍य बाभारियामा सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमितको पुष्टि भएको छ। त्‍यहाँ कम्तीमा पनि १ हजार ८ सयभन्दा बढीजनामा कोरोना पोजिटिभ देखिएको छ।

जर्मनीमा ९१ हजार १५९ जना कोभिड १९ बाट संक्रमित छन्।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ७ : ०२ बजे

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर– हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको भत्ता घरदैलोमा 

भोजपुर– नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू

के पातलो मान्छे साँच्चै स्वस्थ हुन्छन त ?

काठमाडौं–  प्रायः मानिसहरू सोच्छन् कि यदि कोही पातलो छ भने